कोशी प्रदेश सभाको बैठक कृषि थोक बजार केन्द्रबाट सञ्चालन हुने « Khabarhub

कोशी प्रदेश सभाको बैठक कृषि थोक बजार केन्द्रबाट सञ्चालन हुने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सभाको बैठक मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रबाट सञ्चालन हुने भएको छ ।  

जेन-जी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवन ध्वस्त भएपछि  फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको हो । 

बैठकका लागि स्थान अभाव भइरहेकै बेला कटहरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको फलफूल तथा तरकारी थोक बजारको एक भवन र एउटा हल प्रदेश सरकारलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । 

अध्यक्ष चौधरीले भवन र हल हस्तान्तरणसँगै सरसफाइ तथा कार्यालय निर्माणको काम सुरु भइसकेको बताए ।

उनले केन्द्रमा रहेका सामानहरूको सुरक्षा भने हुनुपर्ने बताए । तत्कालका लागि सभामुख, उपसभामुख र सचिवालयको कार्यालय स्थापना गरिने कोशी प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार हाल निर्माण कार्य तीव्र रूपमा भइरहेको र हल निर्माण सम्पन्न भएपछि प्रदेश सभा बैठकसहितका सम्पूर्ण गतिविधि नियमित रूपमा सञ्चालन गरिने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ५ : ३३ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती