माओवादीसहितलाई जसपा नेपालको चेतावनी : हाम्रो पाँच कुने तारा चिह्न अरूले प्रयोग नगरून् « Khabarhub

माओवादीसहितलाई जसपा नेपालको चेतावनी : हाम्रो पाँच कुने तारा चिह्न अरूले प्रयोग नगरून्


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नो झण्डामा रहेको पाँच कुने तारा चिन्ह प्रयोग गर्न खोजेको भन्दै आपत्ति जनाएको छ।

पार्टीका प्रवक्ता मनिष कुमार सुमनले मंगलबार जारी गरेको विज्ञप्तिमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ का प्रावधानहरू उद्धृत यस्तो आपत्ति जनाएका हुन् ।

उनले माओवादी नेतृत्वको नयाँ दलको उक्त कदम कानुनविपरीत भएको बताएका छन्। ‘जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारा हाम्रो पहिचान हो’, उनले भनेका छन, ‘यो चिन्ह अन्य कुनै दलले निर्वाचन चिन्ह वा अन्य प्रतीकका रूपमा प्रयोग गर्न खोज्नु ऐनविपरीतको कार्य हो।’

जसपाले उक्त चिन्हलाई दाबी गर्ने सम्बन्धमा सार्वजनिक सञ्चार माध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जसपा नेपालले निर्वाचन आयोगलाई समेत यस विषयमा सतर्क रहन आग्रह गरेको छ।

पार्टीले आयोगसँग औपचारिक ध्यानाकर्षण गराउँदै भनेको छ, ‘हाम्रो चिन्हप्रति कुनै भ्रम वा दोहोरो दाबी हुन नदिइयोस्। निर्वाचन आयोगले कानुनबमोजिम आवश्यक कारबाहीका प्रक्रिया अघि बढाओस्।’

जसपाको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने सेतो तारा स्थापना कालदेखि नै पार्टीको प्रतीक मानिँदै आएको छ।

उक्त प्रतीकलाई अन्य दलहरूले प्रयोग गर्ने प्रयासले चुनावी चिन्हसम्बन्धी विवाद बढ्न सक्ने भन्दै पार्टीले समयमै सचेत गराएको जनाएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ६ : ०० बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत