सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीले भने- निर्वाचनमैत्री ‘कन्टेन्ट’ लाई प्राथमिकता दिनुस् « Khabarhub

सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीले भने- निर्वाचनमैत्री ‘कन्टेन्ट’ लाई प्राथमिकता दिनुस्


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि प्रतिविद्धताका साथ आफूलाई क्रियाशील बनाएको छ । निर्वाचनको माहौल बनाउन सरकारले राजनीतिक दल र जेन-जी प्रतिनिधिसँग निरन्तर संवाद र अन्तरक्रिया गरिरहेको छ । 

प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा यही कात्तिक १२ गते सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिबीचको वार्ताले निर्वाचनको सकारात्मक वातावरण बनेको थियो त्यसअघि गत ४ गते सरकार र राजनीतिक दलबीचको सबैदलीय बैठकले निर्वाचनको वातावरण सिर्जना गरेको छ । 

निर्वाचन, सुशासन र जेन-जीको भावना अनुरूप काम गर्न सरकारले सरोकारवालाहरूसँग निरन्तर विभिन्न चरणका छलफल र पैरवी गरिरहेको छ ।

सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन, सुशासन र जेन-जीको आवाजलाई सम्बोधन गर्न पछिल्लो समय चरणबद्ध, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायतसँग वार्ता र संवाद गरेर सहजीकरण गरिरहेका छन् । 

निर्वाचन केन्द्रित भएर मन्त्री खरेलले विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिसँग चरणबद्ध छलफल गरेका छन् । यस सन्दर्भमा सञ्चारमन्त्री खरेलले आज सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका सम्पादकीय नेतृत्वसँग छलफल गरे । 

सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले सरकारी सञ्चारमाध्यम जिम्मेवार र जबाफदेही पत्रकारिताको पैरवी गर्ने भएकाले सरकारको प्राथमिकतामा रहेको निर्वाचन, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा जेन-जीको भावनाअनुरूपका ‘कन्टेन्ट’ सम्प्रेषण गर्न आग्रह गरे ।

फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले सबै खाले तयारी गरिरहेको र निर्वाचनको माहौल बनाउन राजनीतिक दल र जेन-जी प्रतिनिधिहरू पनि सकारात्मक र प्रतिबद्ध रहेको भन्दै यिनै विषयवस्तुलाई प्राथमिकतामा राखेर समाचार, फोटो, भिडियो, अडियोलगायत सामग्री पस्कन अनुरोध गरे ।

सञ्चारमन्त्री खरेलले भने,’अहिलेको प्राथमिकता निर्वाचन हो, निर्वाचन भएन भने मुलुक सङ्कटतर्फ जान सक्ने खतरा रहन्छ, त्यसैले सरकारले निर्वाचनलाई विशेष प्राथमिकता दिएर आवश्यक तयारीमा जुटिसकेको छ । राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यमले निर्वाचनको पक्षमा बहस र पैरवी गर्न जरुरी छ ।’

उनले सरकारी सञ्चारमाध्यमले निर्वाचन, सुशासन र जेन-जी सम्बन्धी कन्टेन्ट उत्पादन, प्रसारण र सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले जेन-जी समूहको आवाज, सहिद परिवारका भनाई, उनीहरूका कथा, पीडा, घाइतेका विचारलाई अझ बढी प्राथमिकतामा राखेर प्रकाशन, प्रसारण गर्न सम्पादकहरूसँग आग्रह गरे ।

सञ्चारमन्त्री खरेलले नागरिक सरकार भएकाले हिजोको जस्तो राजनीतिक दबाब सरकारी सञ्चार माध्यममा नभएकाले निर्धक्कसाथ आम नागरिकको सर्वोपरि हितमा निष्पक्ष, सन्तुलित र विश्वसनीय समाचार सामाग्री सम्प्रेषण गर्न आग्रह गरे ।

मन्त्री खरेलले परिवर्तित सन्दर्भमा सरकारी सञ्चार माध्यमले खेलेको भूमिकाको सराहना गर्दै ‘जेन-जी भ्वाइस’ शीर्षकमा जेन-जी सहिद, घाइते र पीडित परिवारको पीडा, वेदना र समस्यालाई उजागर हुनेगरी समाचार, भिडियोलगायत सामग्री दिन पनि आग्रह गरे ।

छलफलमा चार वटै सञ्चारमाध्यमका प्रतिनिधिहरूले निर्वाचनसहित सरकारका गतिविधि, सुशासन, जेन-जीका सरोकार र प्राथमिकताका विषय, आर्थिक विकासलगायत विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गरिएको बताए । 

साथै उनीहरुले सरकारका काम कारबाहीसम्बन्धी सूचना र गतिविधि एकद्धार प्रणालीमार्फत प्रवाह गर्ने प्रबन्धका निम्ति सञ्चारमन्त्रीसमक्ष आग्रह गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : ०१ बजे

सन्दीपले नेपाललाई दिलाए तेस्रो सफलता

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

इंग्ल्याण्डविरुद्ध नेपाललाई दोस्रो सफलता, नन्दन यादवको बलमा जोश बटलर कट बिहाइन्ड

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

उत्तर कोरियाको पार्टी सम्मेलन

सियोल– उत्तर कोरियाले यस महिनाको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको प्रमुख

डेब्यू बलमै शेर मल्लले लिए विकेट

काठमाडौं- शेर मल्लले डेब्यू बलमै विकेट लिएका छन् । राष्ट्रिय

थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा

बैङ्कक– थाइल्यान्डमा आइतबार प्रारम्भिक आम निर्वाचनका लागि मतदान भएको छ