मुस्ताङको ‘छुआमा’ हिमालमा पहिलोपटक सफल आरोहण « Khabarhub

मुस्ताङको ‘छुआमा’ हिमालमा पहिलोपटक सफल आरोहण


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ। दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ मा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ।

यहाँको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका–४ स्थित नाम्डो गाउँबाट माथिको ५४८० मिटर उचाइको छुआमा आधार शिविर हुँदै चढ्नुपर्ने हुन्छ। दक्षिण कोरियाली पर्यटक डोङजिन, नाम्योङ र ह्निचुलसहित पाँच जना नेपाली पर्यटक गाइडहरूले छुआमा आधार शिविर हुँदै ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए।

पहिलोपटक उपल्लो मुस्ताङमा अवस्थित तीन वटा छुआमा शिखरमध्ये छुआमा तेस्रो शिखरको आरोहण गरी कोरियाली टोली त्यहाँबाट लोमान्थाङ फर्किएको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाइ छ। नोभेम्बर २ तारिखको बिहान २ बजे ‘छुआमा’ आधार शिविरबाट प्रस्थान गरेको पर्वतारोहण टोली १० घण्टापछि छुआमा शिखरमा पुगेको थियो।

यहाँको उपल्लो मुस्ताङबाट पहिलो पटक विदेशी नागरिकले ‘छुआमा’ हिमालको पर्वतारोहण गरेको एक्याप लोमान्थाङले जनाएको छ। यसअघि ‘छुआमा’ हिमाल पर्वतारोहणका लागि अक्टोबर १८ तारिखमा ट्रेकिङ क्याम्प नेपालको टोलीले स्थलगत निरीक्षण गरेको थियो।

पहिलो पटक यहाँको छुआमा हिमालको सफलतापूर्वक पर्वतारोहण गरी फर्किएका तीन जना कोरियाली नागरिकसहितको टोलीलाई एक्याप लोमान्थाङले खादा लगाएर सम्मान गरेको छ। पहिलोपटक यहाँ अवस्थित छुआमा हिमालको पर्वतारोहणसँगै माथिल्लो मुस्ताङको पर्यटन प्रवर्द्धन तथा माथिल्लो मुस्ताङको हिमाल पर्वतारोहण प्रवर्द्धनमा ठूलो सहयोग पुर्‍याउने विश्वास गरिएको एक्याप प्रमुख पौडेलले बताए।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ०३ बजे

‘जिहादी आक्रमणका कारण उत्तरी नाइजेरियामा उच्च भोकमरी’

एजेन्सी– उत्तरी नाइजेरियामा जिहादी आक्रमणका कारण उत्पन्न अस्थिरताको कारण भोकमरी

लुम्बिनीले गुमायो तेस्रो विकेट 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा

लुम्बिनीका दुवै ओपनरलाई काठमाडौंका मिलिन्दाले गराए आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

लुम्बिनीले गुमायो पहिलो विकेट

काठमाडौं- लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ । नेपाल प्रिमियर

सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक

काठमाडौं–  सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई-सक्षम फोरके