जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ « Khabarhub

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा नेपाल प्रहरीले हालसम्म १४१ वटा मुद्दा दर्ता गरेको छ भने ३७५ जना अभियुक्तहरू पक्राउ परेका छन्।

क्षेत्रगत रूपमा हेर्दा काठमाडौँ उपत्यकामा सर्वाधिक मुद्दा दर्ता भएको देखिन्छ। उपत्यकामा ९६ वटा मुद्दा दर्ता भएका छन् भने २१८ जना अभियुक्तहरू पक्राउ परेका छन्।

कोशी प्रदेशमा ४ वटा मुद्दा दर्ता भएका छन् भने ३० जना पक्राउ परेका छन्। मधेस प्रदेशमा ६ वटा मुद्दा दर्ता भई २१ जना पक्राउ परेका छन्।

बागमती प्रदेशमा ११ वटा मुद्दा दर्ता भएका छन् भने ३३ जना अभियुक्तहरू पक्राउ परेका छन्। गण्डकी प्रदेशमा ७ वटा मुद्दा दर्ता भएका छन् र ३२ जना पक्राउ परेका छन्।

लुम्बिनी प्रदेशमा ११ वटा मुद्दा दर्ता भएका छन् भने २९ जना पक्राउ परेका छन्।

कर्णाली प्रदेशमा ३ वटा मुद्दा दर्ता भई ४ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेशमा ३ वटा मुद्दा दर्ता भएका छन् भने ८ जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरू माथि आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार र हातहतियार खरखजना मुद्दा दर्ता गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ५७ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका