उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ? « Khabarhub

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एउटाको भए पनि जस अर्कैले लिएको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले उज्यालो नेपालका योजनाकारलाई श्रेय कहिले दिने भनेर प्रश्न गरेका हुन् ।

विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक घिसिङको नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले सो यस्तो कटाक्ष गरेका हुन् ।

२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाललाई लोडसेडिङ मुक्त पार्ने योजना अघि सारेको उनको भनाइ छ। उनले एकवर्ष भित्र नेपाललाई लोडसेडिङ मुक्त गर्ने घोषणा गरेर सोही अनुसार योजना कार्यन्वयन गर्न निर्देशन दिएका हुन् । २०७३ साउनमा ओली सरकार ढलेपछि पनि लोसेडिङ मुक्त गर्न तत्कालिन सरकारले काम गरेको थियो । सोही वर्षको कात्तिकदेखि नेपालमा औपचारिक रुपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको हो ।

यो कामको जस तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले लिने गरेका छन् । सामाजिक सञ्जालमा भने घिसिङलाई उज्यालो नेपालका अभियन्ता भनेर प्रचार गरिएको थियो।

उज्यालो नेपालका अभियानकर्ता र कार्यन्वयनकर्ता चाहिँ ओली नै भएको महासचिव पोखरेलको दाबी छ । घिसिङ को नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले आज बिहान कटाक्ष गर्दै उज्यालो नेपालको प्रसंग उठाएका हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  १० : ५१ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र