उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ? « Khabarhub

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?


१८ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एउटाको भए पनि जस अर्कैले लिएको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले उज्यालो नेपालका योजनाकारलाई श्रेय कहिले दिने भनेर प्रश्न गरेका हुन् ।

विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक घिसिङको नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले सो यस्तो कटाक्ष गरेका हुन् ।

२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाललाई लोडसेडिङ मुक्त पार्ने योजना अघि सारेको उनको भनाइ छ। उनले एकवर्ष भित्र नेपाललाई लोडसेडिङ मुक्त गर्ने घोषणा गरेर सोही अनुसार योजना कार्यन्वयन गर्न निर्देशन दिएका हुन् । २०७३ साउनमा ओली सरकार ढलेपछि पनि लोसेडिङ मुक्त गर्न तत्कालिन सरकारले काम गरेको थियो । सोही वर्षको कात्तिकदेखि नेपालमा औपचारिक रुपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको हो ।

यो कामको जस तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले लिने गरेका छन् । सामाजिक सञ्जालमा भने घिसिङलाई उज्यालो नेपालका अभियन्ता भनेर प्रचार गरिएको थियो।

उज्यालो नेपालका अभियानकर्ता र कार्यन्वयनकर्ता चाहिँ ओली नै भएको महासचिव पोखरेलको दाबी छ । घिसिङ को नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले आज बिहान कटाक्ष गर्दै उज्यालो नेपालको प्रसंग उठाएका हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  १० : ५१ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली