मेडिकल काउन्सिलको निर्वाचनका लागि तोकियो २१ वटा मतदान केन्द्र « Khabarhub

मेडिकल काउन्सिलको निर्वाचनका लागि तोकियो २१ वटा मतदान केन्द्र


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि देशभर २१ वटा मतदान केन्द्र तोकिएको छ। 

आगामी पुष ४ गतेबाट सुरु हुने निर्वाचनका लागि प्रादेशिक अस्पताल भद्रपुर झापा, कोशी अस्पताल विराटनगर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, प्रादेशिक अस्पताल लहान, जनकपुर प्रादेशिक अस्पताल धनुषा, नारायणी अस्पताल वीरगञ्जमा मतदान केन्द्र तोकिएको छ ।

यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, लुम्बिनी प्रादेशिक अस्पताल रूपन्देही, पाल्पा अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रादेशिक अस्पताल कर्णाली, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, नेशनल एसेम्बली काठमाडौं र नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ अस्पताल ललितपुर छन् ।

काउन्सिलको निर्वाचन काठमाडौं बाहिर पुष ४ र ५, काठमाडौं भित्र पुष ११ र १२ गते हुँदैछ । काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्यका लागि निर्वाचन हुन लागेको हो । सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ३ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै