गुन्डुमा एमालेका प्रतिनिधि विवादबारे वार्ता, ओलीले पछि हट्नु भन्दा पोखरेलको जवाफ : अघि बढिसकेँ, रोकिन्नँ « Khabarhub

गुन्डुमा एमालेका प्रतिनिधि विवादबारे वार्ता, ओलीले पछि हट्नु भन्दा पोखरेलको जवाफ : अघि बढिसकेँ, रोकिन्नँ


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्।

उनीहरूले गुण्डु पुगेर करिब डेढ घण्टा छलफल गरेको स्रोतले जनाएको छ। छलफलमा नेताले प्रतिनिधि छनोटको विवाद टुङ्ग्याएर अगाडि बढ्न आग्रह गरे ।

‘महाधिवेशन नजिकिएकाले विवाद रहेका जिल्लाहरूमा टुङ्ग्याएर अगाडि बढ्नुपर्छ भनेका छौँ । यसले राम्रो सन्देश दिएन, सुल्झाउनु पर्ने कुरा राख्यौँ’, पोखरेलसँगै गुण्डु पुगेका ती नेताले भने, ‘एमालेमाथि चौथर्फी हमला भइरहेका बेला प्रतिनिधिको विवाद अल्झाइराखेर बाहिर राम्रो म्यासेज जाँदैन।’

उनीहरूले महाधिवेशन आउन करिब नौ दिन मात्रै बाँकी रहँदा पनि प्रतिनिधिको विवाद नटुङ्गिनाले अन्योल कायमै रहेको बताएका छन् । त्यहीकारण आफूहरूले ओलीलाई विवाद सुल्झाउन सुझाव दिएको ती नेताले बताए ।

ओलीलाई भेट्न उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराई पनि पुगेका छन् ।

गुण्डु पुगेका ती एमाले नेताले खबरहबसँग कुरा गर्दै भने, ‘अरु विषयमा थप कुरा भएन। अहिले हतार भएकाले प्रतिनिधिको विषय राखेर फर्कियौँ।’

भेटमा ओलीले पोखरेलसँग एघारौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व दिन भनेका थिए । त्यस्तै पोखरेलले पनि आफूलाई नेतृत्व सुम्पिएर जान सुझाएको बताएका थिए ।

पोखरेलले आफू अगाडि बढिसकेकाले पछि नहट्ने अडान ओलीसामु राखेको ती नेताले बताएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ३ : ५९ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा