रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग « Khabarhub

रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घीय महासभाले युक्रेनी बालबालिकाहरूलाई जबरजस्ती रूसमा नराखी तत्काल बिना शर्त फिर्ता गर्न आह्वान गदै यो सवाल किभ र मस्को बीचको सम्भावित शान्ति सम्झौताको सम्बन्धमा सबै भन्दा संवेदनशील विषय भएको बताएको छ ।

महासभाले जबरजस्ती स्थानान्तरण वा निर्वासन गरिएका सबै युक्रेनी बालबालिकाको तत्काल, सुरक्षित र बिना शर्त फिर्तीको आवश्यकतालाई पुष्टि गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावलाई ९१ देशले समर्थन गरेका छन् भने रूससहित १२ वटा देशले यसको विरुद्धमा मतदान गरेको र ५७ देश अनुपस्थित रहेको जनाइएको छ । 

महासभाले मस्कोलाई निर्दोष बालबालकाको जबरजस्ती स्थानान्तरण, निर्वासन र परिवार विहीनता रोकी पालन पोषणको माध्यमबाट बालबालिकाको कानुनी स्थिति परिवर्तन नगर्न  आह्वान गरेको छ ।  

युक्रेनी उप–विदेशमन्त्री मारियाना बेत्साले महासभामा रूसले युद्ध सुरु भए देखि कम्तिमा २० हजार युक्रेनी बच्चाहरूलाई अपहरण गरेको बताउँदै अहिले सम्म एक हजार ८५० भन्दा बढी बालबालिका युक्रेनमा फर्काइएको उल्लेख गरेका छन्।  

युक्रेनी बालबालिकाहरू तत्काल बिना शर्त घर फर्किए मात्र युक्रेनमा न्यायपूर्ण शान्ति हुने बेत्साले बताए ।

यसको प्रतिक्रियामा, रूसी उप–राजदूत मारिया जाबोलोत्स्कायाले प्रस्तावलाई अस्वीकार गरी यो आरोप झुटो भन्दै प्रस्तावको विरोध गरेका छन् ।
 

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ४ : ४० बजे

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।