अमेरिकाको नयाँ राडारले भेनेजुएला निगरानी « Khabarhub

अमेरिकाको नयाँ राडारले भेनेजुएला निगरानी


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोर्ट अफ स्पेन– ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कमला पर्साद–बिसेसरले बुधबार संयुक्त राज्य अमेरिकाले द्वीपमा जडान गरेको नयाँ राडार प्रणालीको उद्देश्य लागूऔषध तस्करी नियन्त्रण गर्नुका साथै वासिङ्टनले प्रतिबन्ध लगाएको भेनेजुएलाको कच्चा तेलको अवैध आवागमन रोक्ने रहेको बताएका छन् ।

हालका महिनाहरूमा वासिङ्टनले भेनेजुएलाको तटदेखि केही दूरीमा रहेको ट्रिनिडाड एन्ड टोबागोसँग सैन्य सहकार्य तीव्र बनाउँदै आएको छ । काराकासले यसलाई आक्रामक सङ्केत भन्दै कडा आपत्ति जनाएको छ । विशेषगरी अमेरिकी निर्देशित मिसाइल विध्वंसक सहभागी रहेको सैन्य अभ्यासलाई ‘उक्साहटमूलक’ भन्दै मदुरो प्रशासनलाई अपदस्थ गर्न अमेरिकी प्रयासको हिस्सा भएको काराकासले आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा वासिङ्टनले मदुरो सरकारमाथिको दबाब अझ बढाएको छ । ट्रम्प प्रशासनले भेनेजुएलालाई लागुऔषध गिरोह संलग्न राज्यका रूपमा चित्रित गर्दै उसको राजनीतिक वैधतालाई अस्वीकार गर्ने नीति अघि बढाएको छ ।

ट्रम्पको दृढ समर्थक मानिने प्रधानमन्त्री पर्साद–बिसेसरले नोभेम्बर २७ मा टेलिभिजन कार्यक्रममार्फत अमेरिकाले नयाँ विमानस्थलमा राडार जडान गर्ने पुष्टि गरेका थिए । बुधबार जारी गरिएको उनको नयाँ वक्तव्यमा अमेरिकी राडारको मुख्य लक्ष्य प्रतिबन्धित भेनेजुएलाली कच्चा तेलसँग जोडिएका अवैध गतिविधिहरू पत्ता लगाएर थाम्ने रहेको पुनः उल्लेख गरिएको छ ।

“पछिल्लो राडारले भेनेजुएलाबाट हाम्रो भूमिभित्र आइरहेका लागुऔषध, हतियार, गोलाबारुद, अवैध आप्रवासी तथा प्रतिबन्ध छल्ने उद्देश्यले भइरहेको कच्चा तेलसम्बन्धी तस्करी गतिविधि पहिचान गर्न मद्दत गर्दछ”, प्रधानमन्त्रीले विज्ञप्तिमा भने ।

ट्रम्प प्रशासनले सन् २०१९ मा आफ्नो पहिलो कार्यकालमै भेनेजुएलाको तेलमाथि कडा प्रतिबन्ध लगाएको थियो । दोस्रो कार्यकालसम्म आइपुग्दा ती प्रतिबन्धहरू जस्ताको तस्तै राखिएको छ । पर्साद–बिसेसरले भने, “नयाँ उपकरणहरूले ट्रिनिडाड एन्ड टोबागोको हवाई तथा समुद्री निगरानी क्षमता उल्लेखनीय रूपमा बढाइसकेको छ, जसले हामीलाई पहिले उपलब्ध नभएको सुरक्षा स्तर प्रदान गर्दछ ।”

काराकासले प्रधानमन्त्री पर्साद–बिसेसरलाई अमेरिकाको भेनेजुएला विरोधी योजनामा सहभागी भएको आरोप लगाउँदै आलोचना गरेको छ । भेनेजुएलामा सैन्य हस्तक्षेपका लागि ट्रिनिडाड एन्ड टोबागोको भूभाग प्रयोग गर्ने अमेरिकी योजनामा आफूहरूको संलग्नता रहेको भन्दै उठेको आरोपलाई प्रधानमन्त्रीले अस्वीकार गरेका छन् ।

यसैबीच, गत अगस्टदेखि वासिङ्टनले क्यारिबियन क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो विमानवाहक सहित युद्धपोतहरूको ठूलो बेडा तैनाथ गरेको छ । लागूऔषध तस्करीविरुद्धको अभियान शीर्षकमा चलाइएका कम्तीमा २२ वटा समुद्री आक्रमणले ८३ जनाको ज्यान लिएको पुष्टि भइसकेको छ ।

अन्तर्राष्ट्रिय कानूनी विशेषज्ञहरूले यस्ता प्रहारहरूलाई सम्भावित रूपमा अवैध तथा गैरन्यायिक हत्याको श्रेणीमा पर्न सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ५ : ०७ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?