फिनल्याण्डले पाकिस्तानमा रहेको राजदूतावास बन्द गर्ने « Khabarhub

फिनल्याण्डले पाकिस्तानमा रहेको राजदूतावास बन्द गर्ने


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिनल्याण्डले पाकिस्तानमा रहेको आफ्नो राजदूतावास बन्द गर्ने भएको छ । ‘रणनीतिक र कार्यगत’ कारणले इस्लालमावादमा रहेको राजदूतावास बन्द गर्न लागिएको फिनल्याण्डको विदेश मन्त्रालयले जनाएको छ ।

फिन्निश सरकारले पाकिस्तानसँगै अफगानिस्तान र म्यान्मारमा रहेका दूतावास पनि बन्द गर्ने जनाएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार सन् २०२६ मा फिनल्याण्डले इस्लामावादस्थित आफ्नो राजदूतावास बन्द गर्नेछ ।

रणनीतिक र कार्यगत कारणसँगै ती मुलुकको बदलिँदो राजनीतिक अवस्था र फिनल्याण्डसँग आर्थिक र व्यापारिक सम्बन्ध सीमित रहेकाले पनि राजदूतावास बन्द गर्नुपरेको मन्त्रालयले उल्लेख गरेको छ ।

डनका अनुसार यसअघि सन् २०१२ मा पनि फिनल्याण्डले इस्लामावादस्थित राजदूतावास बन्द गरेको थियो । यद्यपि पछि सन् २०२२ मा पुनः उक्त दूतावास खोलिएको थियो ।

यसअघि सन् २०२३ मा स्वीडेनले पनि इस्लामावादमा रहेको राजदूतावास बन्द गरेको थियो । त्यसबेला स्वीडेनले सुरक्षाका कारण दूतावास बन्द गर्नुपरेको प्रष्ट्याएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ६ : २३ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी