फिनल्याण्डले पाकिस्तानमा रहेको राजदूतावास बन्द गर्ने « Khabarhub

फिनल्याण्डले पाकिस्तानमा रहेको राजदूतावास बन्द गर्ने


१८ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिनल्याण्डले पाकिस्तानमा रहेको आफ्नो राजदूतावास बन्द गर्ने भएको छ । ‘रणनीतिक र कार्यगत’ कारणले इस्लालमावादमा रहेको राजदूतावास बन्द गर्न लागिएको फिनल्याण्डको विदेश मन्त्रालयले जनाएको छ ।

फिन्निश सरकारले पाकिस्तानसँगै अफगानिस्तान र म्यान्मारमा रहेका दूतावास पनि बन्द गर्ने जनाएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार सन् २०२६ मा फिनल्याण्डले इस्लामावादस्थित आफ्नो राजदूतावास बन्द गर्नेछ ।

रणनीतिक र कार्यगत कारणसँगै ती मुलुकको बदलिँदो राजनीतिक अवस्था र फिनल्याण्डसँग आर्थिक र व्यापारिक सम्बन्ध सीमित रहेकाले पनि राजदूतावास बन्द गर्नुपरेको मन्त्रालयले उल्लेख गरेको छ ।

डनका अनुसार यसअघि सन् २०१२ मा पनि फिनल्याण्डले इस्लामावादस्थित राजदूतावास बन्द गरेको थियो । यद्यपि पछि सन् २०२२ मा पुनः उक्त दूतावास खोलिएको थियो ।

यसअघि सन् २०२३ मा स्वीडेनले पनि इस्लामावादमा रहेको राजदूतावास बन्द गरेको थियो । त्यसबेला स्वीडेनले सुरक्षाका कारण दूतावास बन्द गर्नुपरेको प्रष्ट्याएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ६ : २३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल