‘अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ’ « Khabarhub

‘अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ’


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सुनसरी– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन्  । 

आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो  बताएका हुन् । उनले सरकार गठनका बेला भएको सहमतिअनुसारै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।

उनले सरकार गठन अघि भएको सहमतिमा कांग्रेस र एमाले इमानदार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने दाबी गरे । सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए। 

‘आउने निर्वाचनमा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्यकता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छौँ,´ उपप्रधानमन्त्री सिंहले भने,’यो भन्दा अगाडिको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ ।’

त्यस्तै,उनले संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेको बताए । अहिलेको सरकारले यसअघि सम्पन्न हुने नसकेका आयोजनालाई सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले सरकारले हल्ला नगरी काम गरिरहेको बताए । 

जनचाहनाअनुसार आर्थिक समृद्धि र  विकास निर्माणका काम सरकारको प्राथमिकतामा रहेको सिंहको भनाई थियो । पत्रकार भेटघाटका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि सहभागी थिए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ११ : ३४ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी