‘पूर्णबहादुरको सारङ्गी’का निर्देशकले ‘कोशेढुङ्गा’ बनाउने « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’का निर्देशकले ‘कोशेढुङ्गा’ बनाउने


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बक्स अफिसमा कीर्तिमानी ब्लकबस्टर साबित भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले ’कोसेढुङ्गा’ निर्देशन गर्ने भएका छन् । ‘पूर्णबहादुरको सारङ्गी’पछि उनको यो पहिलो फिल्म हो ।

निर्माण पक्षले आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण गर्ने र पौडेलले निर्देशन गर्ने जानकारी दिएको हो ।

थिम पोस्टरमा पृष्ठभूमी घुरमैलो पहाडी गाउँको बहिनी देख्न सकिन्छ । पोस्टरको दायाँपट्टीको भागमा रातो चोलो र पहेँलो सारी लगाएकी एक महिलालाई देख्न सकिन्छ ।

पोस्टरले ग्रामिण भेगको कथामा फिल्म बन्ने संकेत गर्छ । तर, निर्माण पक्षले कथा र कलाकारबारे खुलाएको छैन ।

निर्देशक पौडेल भन्छन्, ‘फिल्म कस्तो हुने, कथा के हो, कलाकार को-को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ । हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी यो फिल्मले पनि दर्शकको मन जित्ने प्रयासमा छौँ ।’

वि.सं. २०८२ सालमै फिल्म प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष रहेको बुझिएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको यस फिल्मका निर्माता प्रेविल कँडेल र हरि महत रहनेछन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : ४४ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात