विश्व भूराजनीतिबारे एमाले- अमेरिकाको उत्तेजक भूमिकाले ताइवानमा तनाव बढ्यो « Khabarhub

विश्व भूराजनीतिबारे एमाले- अमेरिकाको उत्तेजक भूमिकाले ताइवानमा तनाव बढ्यो


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) ले विगतमा आफैँदे स्वीकारेको एक चीन नीति मान्यताविपरीत ताइवानबारे अमेरिकाले दोहोरो र उत्तेजनात्मक भूमिका खेलेको आरोप लगाएको छ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको उत्तेजक भूमिकाकै कारण अहिले ताइवानमा तनाव बढिरहेको आइतबार सुरु केन्द्रीय कमिटिको आठौं बैठकमा पेश गरिएको प्रतिवेदनमा भनिएको छ।

‘विगतमा आफैंले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानबारे अमेरिकाको दोहोरो र उत्तेजक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको छ’, ओलीले भनेका छन्, ‘एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउने, सैन्य शक्ति केन्द्रीकृत र ध्रुवीकरण गर्ने कुनै पनि कदम विश्व शान्ति र क्षेत्रिय स्थायित्वका लागि हानीकारक हुन् । त्यस्ता क्रियाकलाप तत्काल बन्द गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ ।’

ओलीले प्रतिवेदनमा म्यान्मारमा लोकतन्त्र तत्काल बहालीको पक्षमा एमालेलाई उभ्याएका छन् । ‘जननिर्वाचित संसद्लाई भंग गर्ने, जननिर्वाचित प्रतिनिधिहरूलाई बन्दी बनाउने र शान्तिपूर्ण प्रदर्शनमाथि हिंसात्मक दमन गर्ने काम कुनै पनि अर्थमा स्वीकार्य हुँदैन ।’

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : ३१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार