आजका समाचार : माओवादी र रास्वपासँग ओलीको आक्रोश, प्रचण्डले फेरि फ्याँके एकताको कार्ड र रविलाई काठमाडौंमा पनि मुद्दा | Khabarhub Khabarhub

आजका समाचार : माओवादी र रास्वपासँग ओलीको आक्रोश, प्रचण्डले फेरि फ्याँके एकताको कार्ड र रविलाई काठमाडौंमा पनि मुद्दा


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमार्फत् सुनाए सरकारका ६ महिने उपलब्धि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आइतबारदेखि सुरु आठौं बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

आइतबारदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स, एमाले र नेपाली काग्रेस गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, गठनबन्धन सरकारपछिका ६ महिनाबारे समीक्षा गरिएको छ।

त्यसैगरी राजनीतिक अस्थिरता, अराजकता, प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु प्रतिवेदनमा समेटिएका छन्।

ओलीले प्रतिवेदनमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको निष्कर्ष निकालेका छन् ।

ओलीको प्रतिवेदन भन्छ- गणतन्त्रले अपेक्षित उपलब्धि दिन सकेको छैन

प्रधानमन्त्रीले भने- एमालेको लोकप्रियता देखेर प्रतिक्रियावादीहरू आतंकित भए

सत्ता साझेदार कांग्रेससँग नरम ओली : रास्वपा, राजावादी र माओवादीबारे आक्रामक

दश महिनापछि एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

भीम रावलको निष्कासन र दुई नेतृको निलम्बन एमालेद्वारा अनुमोदन

एमाले छाडेका सर्वेन्द्रबारे गोकुल बास्कोटा- आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए

विश्व भूराजनीतिबारे एमाले- अमेरिकाको उत्तेजक भूमिकाले ताइवानमा तनाव बढ्यो

क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रूपमा अगाडि बढ्छ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तीव्र गतिमा अघि बढेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले विपद्बाट भएको क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रूपमा अगाडि बढ्ने बताएका हुन् ।

‘डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्बाट भएको क्षतिबारे विपद् क्षतिको मूल्याङ्कन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनः निर्माणको अगाडि बढाउने आजको बैठकले निर्णय गरेको छ’, उनले भने ।

स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य  गरेका छौँ : उपप्रधानमन्त्री सिंह

शिक्षामन्त्रीसमक्ष सम्पत्ति खोजबिन समितिद्वारा प्रतिवेदन पेस

ऊर्जामन्त्री खड्काले गरे ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ

बाग्दुला-मच्छि १३ किलोमिटर सडक यसैपालि कालोपत्रे सुरु गर्छौँ : मन्त्री राणा

नेविसंघ अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी

प्रचण्डको निष्कर्ष : ओली सरकार नाङ्गिन थाल्यो, माओवादीसामु चुनौती र अवसर दुवै

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन १ गतेसम्म सम्पत्ति विवरण बुझाइसक्न नेताहरूलाई निर्देशन दिएका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरू केन्द्रीय समिति बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प: आजको आवश्यकता’ शीर्षकको सांगठानिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै दाहालले सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका हुन् ।

पूर्वउपराष्ट्रपति पासाङलाई दिइयो माओवादी उपाध्यक्षको हैसियत

माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण पेस गर्नुपर्ने

सुशासन र समृद्धिका विषय व्यवहारमा लागू भएनन् : अध्यक्ष दाहाल

‘दलित समुदायको उत्थानका लागि ठोस योजना बनाउन जरुरी छ’

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहनमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ।

रविसहित ३९ जनाविरुद्ध आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको हो ।

रविसहितका ३९ प्रतिवादीबाट जम्मा २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले मुद्दा अदालत लगिएको पुष्टि गरे

लामिछाने र गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) विरुद्ध मात्रै पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

यसअघि यो प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर यही पुस १८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिँदै प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलले ३९ जनालाई मात्रै प्रतिवादी बनाएको हो ।

रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

छविको बयान : जीबी र रविले माइन्यूटबाटै किर्ते गरे, दुवै मिलेर सहकारीको रकम ल्याए

लागूऔषध कारोबारको ‘हटस्पट’ सुदूरपश्चिम : ६ महिनामै समातिए ४ सय ३४ युवा

सुदूरपश्चिममा शुक्रबार एकै दिन प्रहरीले १३ जना युवालाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले सुदूरपश्चिमको तीन जिल्ला उनीहरूलाई पक्राउ गरेको हो ।

कैलालीबाट १० जना, कञ्चनपुरबाट १ जना र डडेलधुराबाट २ जना गरी १३ जनालाई एकै दिन लागूऔषधसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिएका छन् ।

खराब संगत र परिवारको बेवास्ताका कारण लागूऔषधको दलदलमा युवाहरू फस्दै गएको जानकारहरू बताउँछन् । एकै दिन १३ जना युवाहरू पक्राउ पर्नु राम्रो सन्देश नभएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम त्यसैमा कैलाली र कञ्चनपुर लागूऔषधको अखडा बन्दै गएको देखिन्छ ।

ग्यास चुहिएर आगलागी हुँदा वृद्धाको मृत्यु

बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने ‘कोरीडाँडा’

कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो ।

पर्यटकीय गाउँ सिक्लेसबाट हुगुँ–नौलाखर्क–नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ । यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालक पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए ।

सिक्लेसदेखि तासा हुँदै कोरी पुग्ने अर्को पदमार्गसमेत रहेको छ । हुगुँमा बिहानको खाजा खाएर हिँडेका पर्यटक दिउँसोको खाना खान नौटाखर्क पुग्छन् । यहाँ चिया पसल छ । कोरी सूर्योदय र सूर्यास्त हेर्ने उपयुक्त गन्तव्यसमेत रहेको उनको भनाइ छ ।

देशका चार सहरमा वायु प्रदूषणको तह उच्च, धनगढी सबैभन्दा धेरै प्रदूषित

 सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ

हराउँदै गयो गाउँको रौनक

स्थानीय उत्पादनको बजारीकरण गर्न हाटबजार

शीतलहर पीडितलाई सेनाको सहयोग

आठबिसकोटकी सुत्केरीको सेनाको हेलिकोप्टरबाट उद्धार

जय ट्रफी : मधेश प्रदेश १०२ रनमा अलआउट, सन्दीपले लिए ५ विकेट

जनकपुरधाममा जारी ‘जय ट्रफी मेन्स एलिट कप’ क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको बागमती प्रदेशविरुद्धको खेलमा मधेश प्रदेशले आफ्नो पहिलो पालीमा १०२ रन बनाएर अलआउट भएको छ । मधेश प्रदेशको टोली ३५.३ ओभरमा अलआउट भएको हो ।

दुई दिवसीय प्रतियोगितामा मधेश प्रदेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको खेलमा मधेश प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् ।

कप्तान हरिशंकर साह चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले १८ बलमा एक चौका प्रहार गरे । अर्का ओपनर मयान यादवले भने टोलीको खातामा २१ रन थपे । उनले ३६ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरेका थिए ।

जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

सर्वोच्चको आदेशविपरीत ओलम्पिक कमिटीको निर्वाचन, कारबाहीको माग गर्दै खेलकुद संघ  

एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी

अस्ट्रेलियाले जित्यो बोर्डर गावस्कर ट्रफी, अन्तिम खेलमा भारत ६ विकेटले पराजित

नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाई

रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी काङ्ग्रेसमा निर्वाचित सभामुख माइक जो नसनलाई बधाई दिएका छन् । जोनसोनको नेतृत्वले अमेरिकी संसद्को गरिमालाई थप उचाइमा पुर्‍याउने उनले बताएका छन् ।

‘माइक संसद्मा एक विशेष सभामुखको भूमिका निभाउन सक्षम हुनुहुनेछ र हाम्रो देश लाभार्थी हुनेछ । अमेरिकी जनताले विवेक, क्षमता र नेतृत्वका लागि चार वर्ष पर्खेका छन्’, ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिका पहिलेभन्दा महान् हुनेछ!’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्त्वपूर्ण समर्थनमा रिपब्लिकन पार्टीका माइक जोनसनलाई अमेरिकी प्रतिनिधि सभाको सभामुखमा फर्काइएको हो ।

अमेरिकी विदेशमन्त्री  ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने 

ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु

कार्यकालको अन्तिममा इजरायलमा थप हतियार पठाउने बाइडेनको योजना

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ८ : ०३ बजे

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सातदोबाटोस्थित एक कल

तिब्बतमा भूकम्प : उद्धारमा सबै शक्ति लगाउन राष्ट्रपति सीको निर्देशन

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली

तिब्बतमा भूकम्पबाट ढले कयौँ घर (तस्बिरहरू)

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको भूकम्पबाट

सुनको मूल्य आज पनि स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ

तिब्बतको भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको