चीनले आफ्ना युवालाई राजनीतिक रुपमा उक्साएको भन्दै ताइवानले थाल्यो जाँचबुझ « Khabarhub

चीनले आफ्ना युवालाई राजनीतिक रुपमा उक्साएको भन्दै ताइवानले थाल्यो जाँचबुझ


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले आफ्ना युवालाई राजनीतिक रुपमा उक्साइरहेको विषय सतहमा आएपछि ताइवानले जाँचबुझ थालेको छ । ताइवानको मुख्यभूमि मामिला मन्त्रालयले यसबारे जाँचबुझ अघि बढाएको हो ।

हालै सार्वजनिक भिडियोमा ताइवानका ¥यापर चेन पो युयान र युट्युबर पा चियुङलाई चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिले चिनियाँ राष्ट्रिय परिचयपत्र लिन उक्साइरहेको देख्न सकिन्छ । ताइपेई टाइम्सका अनुसार चीनको यस्तो गतिविधिबाट ताइवानी राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने ठूलो सम्भावना रहन्छ ।

भिडियोमा चेन चीनको चुआनचु स्थित ताइवान युवा उद्यम पार्क र सियामेनस्थित स्ट्रेट हेराल्ड क्षेत्रमा घुमफिर गरिरहेका हुन्छन् । त्यहाँ लिन जिङडोङ नाम गरेका चिनियाँ कम्युनिष्ट पार्टीका एक जना प्रतिनिधिले चेनलाई चिनियाँ राष्ट्रिय परिचयपत्र लिन उक्साइरहेको देख्न सकिन्छ ।

चीनमा सम्पत्ति जोड्न र नयाँ व्यवसाय शुरु गर्न सहज हुने भएकाले धेरै ताइवानीले चिनियाँ राष्ट्रिय परिचयपत्र लिने गरेको बताइएको छ । हाल सियामेनमा २ हजारभन्दा धेरै ताइवानीले चिनियाँ राष्ट्रिय परिचयपत्र लिएका छन् ।

चीनको यस्तो गतिविधिलाई ‘संयुक्त मोर्चा’ रणनीति नाम दिइएको छ । यस रणनीतिअनुसार चीनले ताइवानका युवालाई प्रभावित बनाउने र त्यसबाट राजनीतिक लाभ लिने गरेको जनाइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : २३ बजे

पक्राउ पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल