पर्यटन प्रवर्द्धनका लागि भोलिदेखि ‘टुर दि ठाकुरद्वारा’  « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि भोलिदेखि ‘टुर दि ठाकुरद्वारा’ 


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके र बर्दियाको पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जबाट सुरु हुन लागेको साइक्लिङ कार्यक्रमको सबै तयारी पूरा भएको छ ।

‘टुर दि ठाकुरद्वारा’ नाम दिइएको नेपालगञ्ज साइक्लिङ फेस्टिभलका लागि झापा, धरान, बुटवल, भैरहवा, दाङ, चितवन, काठमाडौं, ललितपुर भक्तपुर, पाल्पा विराटनगर लगायतका भारतका विभिन्न सहर, जापान र कोरियाबाट साइक्लिङ कार्यक्रममा १९६ जना सहभागी हुने नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए ।

आगन्तुक पाहुनाका लागि आवास र खानाको लागि सबै प्रबन्ध गरिएको जानकारी दिँदै उनले बाँके र बर्दियाका सबै पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै उनीहरूलाई ती स्थानको जानकारी दिइने बताए । सातौँ संस्करणको रुपमा यही माघ २४ देखि २६ गतेसम्म सो कार्यक्रम हुने छ ।

अध्यक्ष सापकोटाले बाँकेमा पनि पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना रहेकाले ‘टुर दि बाँके राष्ट्रिय निकुञ्ज’ सुरु गर्न खोजे पनि पर्यटन विकासका लागि पर्यटन पूर्वाधारको विकास नभएकाले करिब तीन सय जनालाई त्यस आसपास क्षेत्रमा आवास नभएकाले व्यवस्थापन गर्न अप्ठेरो परेको बताए ।

उनले नेपालगञ्जमा रहेका धार्मिक सर्किटलाई जोड्दै बाबा बरर्फानी, सन्तानेश्वर मन्दिर, गोवर्धन धाम, सिक्टा ब्यारेज, बाँके राष्ट्रिय निकुञ्जसहित गाभर भ्यालीलगायतका पर्यटकीय गन्तव्यलाई जोड्न कार्यक्रम बनाएर योजनासहित अघि बढ्नुपर्नेमा जोड दिए ।

यसले नेपालभरका साइकल इभेन्टलाई नेतृत्व दिएको उल्लेख गर्दै उनले नेपाल र भारतसहित विदेशसम्म ख्याति कमाएको यो कार्यक्रमलाई ‘टुर दि फ्रान्स’ बनाउने महत्वाकाङ्क्षा रहेको बताए ।

नेपालगञ्ज आएलगत्तै सबै पाहुनाका लागि खाना र आवासको प्रबन्ध भएको जानकारी दिँदै अध्यक्ष सापकोटाले माघ २६ गतेसम्म बर्दियाको ठाकुरद्वारामा आवासको व्यवस्थापन भएको बताए । यहाँका सुविधा सम्पन्न रिसोर्टमा पाहुनाका लागि आवासको व्यवस्थापन गरिएको छ । यस कार्यक्रममा सहभागी हुन नेपालीका लागि तीन हजार पाँच सय र विदेशीका लागि फरक दर्ता शुल्क तय भएको आयोजकले जनाएको छ । यस कार्यक्रममा कूल २५ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष सापकोटाको भनाइ छ ।

माघ २४ गते बिहान नेपालगञ्जको बागेश्वरी मन्दिरबाट झाँकीसहित पैदलमार्च हुने र लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘टुर दी ठाकुरद्वारा’ कार्यक्रमको उद्‌घाटन गर्ने जनाइएको छ ।

कोहलपुर, केदारेश्वर धाम, सतखलुवा सिमसार क्षेत्र हुँदै बाटोमा रहेका विभिन्न धार्मिक पर्यटकीयस्थल र पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै ठाकुरद्वारा मन्दिर हुँदै ठाकुरद्वारा पुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १२ : ०९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा