प्रधानमन्त्री मोदी प्रयागराजमा « Khabarhub

प्रधानमन्त्री मोदी प्रयागराजमा


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार जारी महाकुम्भ २०२५ मा त्रिवेणी संगममा पवित्र स्नान गर्न उत्तर प्रदेशको प्रयागराज पुगेका छन् ।

प्रधानमन्त्रीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग यमुना नदीमा डुङ्गा यात्रा गरेका थिए। प्रधानमन्त्रीले संगममा पवित्र स्नान गर्नुका साथै माता गंगाको पूजा गर्नेछन्।

पौष पूर्णिमा ९सन् २०२५ जनवरी १३० देखि सुरु भएको महाकुम्भ २०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक समागम हो । महाकुम्भले विश्वभरका भक्तजनहरूलाई आकर्षित गर्दछ । महाकुम्भ फेब्रुअरी २६ को महाशिवरात्रिसम्म जारी रहनेछ ।

भारतको आध्यात्मिक र सांस्कृतिक सम्पदाको प्रवर्द्धन र संरक्षण गर्ने आफ्नो प्रतिबद्धता अनुरूप प्रधानमन्त्री मोदीले तीर्थस्थलहरूमा पूर्वाधार र सुविधाहरू बढाउन निरन्तर सक्रिय कदम चालेका छन्  ।

यसअघि सन् २०२४ डिसेम्बर १३ मा प्रयागराज भ्रमणका क्रममा प्रधानमन्त्रीले आम जनताका लागि सम्पर्क, सुविधा र सेवाहरू सुधार गर्ने ५५ अर्ब मूल्यका १६७ विकास परियोजनाको उद्घाटन गरेका थिए ।

यसैबीच स्थानीय समयानुसार बुधबार बिहान ८ बजेसम्म गङ्गा, यमुना र रहस्यमयी सरस्वतीको संगममा ३७ लाख ४८ हजारभन्दा बढी भक्तजनले पवित्र स्नान गरेका छन् । यसले विशाल धार्मिक समागमको गहिरो आध्यात्मिक उत्साह बढाएको छ ।

यसमा दिव्य आशीर्वाद प्राप्त गर्न बिहानै आइपुगेका १० लाखभन्दा बढी कल्पवासी र २७ लाख ४८ हजार तीर्थयात्री समावेश छन् ।

उत्तर प्रदेश सरकारको तथ्यांकअनुसार महाकुम्भ सुरु भएदेखि फेब्रुअरी ४ सम्म स्नान गर्नेहरूको कुल सङ्ख्या ३८ करोड २० लाख नाघेको छ । यसले यस कार्यक्रमको अतुलनीय आध्यात्मिक र सांस्कृतिक महत्त्वलाई दर्साउँछ ।

यसअघि मंगलबार भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले महाकुम्भ–२०२५ का लागि प्रयागराजको भ्रमणका क्रममा विभिन्न महत्त्वपूर्ण आध्यात्मिक गतिविधिमा भाग लिएका थिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै दुई नेताले लेटे हनुमान मन्दिरमा पूजा गरे र डिजिटल महाकुम्भ अनुभव केन्द्रको भ्रमण गरे।  

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : २४ बजे

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले