सञ्चारमन्त्री नै भन्छन् : सरकारबाट ६ महिनामा एउटा पनि देखिने काम हुन सकेन « Khabarhub

सञ्चारमन्त्री नै भन्छन् : सरकारबाट ६ महिनामा एउटा पनि देखिने काम हुन सकेन


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण बिकास निर्माणमा ढिलाई हुन गएको बताएका छन् ।

रफत सञ्चार क्लबको १५ औँ वाषिकोत्सवका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राजनीतिक अस्थिरताका कारण विकास आयोजनाहरू सम्पन्न हुन वर्षौँसम्म लाग्ने देखिएको बताए ।

आयोजना निर्माणमा भएको ढिलाइका कारण वर्तमान सरकार गठनको ६ महिनासम्म देखिने गरी एउटा पनि काम हुन नसकेको उनले स्वीकारेका छन् ।

आफूले काम गर्न नसक्ने तर निर्वाचन प्रणालीलाई दोष दिने कुरा उचित नभएको जिकिर पनि उनले गरेका छन् ।

मन्त्री गुरुङले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यलाई ध्यानमा राखेर सरकारले मौजुदा कानुन सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पारे ।

कर्मचारीतन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले यो कसैविरुद्ध लक्षित नरहेको उनले बताएका छन् ।

गुरुङले विभिन्न मन्त्रालय र कार्यालयहरूमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता हटाउन कानुनमा सुधारका लागि अध्यादेश ल्याउन परेको उल्लेख गरे । यस कुरामा कसैले राजनीति गर्न नहुने पनि उनको आग्रह थियो।

त्यस्तै उनले ‘जे मन लाग्यो त्यही लेख्ने र बोल्ने’ प्रेस स्वतन्त्रता नहुने जिकिर गरे । केही सञ्चारमाध्यमले सामाजिक सद्भाव खल्बल्याउने काम गरेकाले त्यसको नियमन गर्न जरुरी भएको बताए ।

त्यहीकारण सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको उनले बताएका छन् । आइटी र एआईलाई उद्योगका रुपमा विकास गर्न पनि ऐन, नियम आवश्यकता परेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : ०६ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि