एचपीभी खोप अभियान आज पनि जारी | Khabarhub Khabarhub

एचपीभी खोप अभियान आज पनि जारी


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध लगाइने एचपीभी खोप अभियान आज दोस्रो दिन पनि जारी छ । मंगलबारदेखि पोखरा महानगरपालिका लगायत देशभर अभियानका रूपमा सञ्चालन भइरहेको छ ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा वडा नं.१२ स्थित शीतलादेवी माध्यमिक विद्यालयमा पनि खोप अभियान शुभारम्भ गरिएको थियो।

अभियानका क्रममा पोखरा महानरपालिका क्षेत्रमा करिब २३ हजार ७४८ बालिकाहरूलाई लगाइने छ । फाल्गुन ६ गतेसम्म महानगरका २७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा ३४४ जना स्वास्थ्यकर्मी र ६८८ जना स्वयमसेवहरु परिचालन गरी यो खोप अभियान सुरुवात गरिएको हो । विद्यालय उमेरका कक्षा ६ देखि १० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गर्न लागिएको हो । 

नेपालमा पाठेघरको मुखमा हुने क्यान्सरको रोकथामका लागि १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एच।पी।भी खोप लगाउने, ३० वर्ष माथिका महिलाहरूको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र पाठेघरको मुखको क्यान्सर रोग निदान भएका महिलाहरूको नियमित उपचार गर्ने लगायतका प्रयासहरू भइरहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : १२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका