अध्यादेशले तानातानमा उपेन्द्र यादव, भन्छन्- कता उभिने निर्णय भइसकेको छैन « Khabarhub

अध्यादेशले तानातानमा उपेन्द्र यादव, भन्छन्- कता उभिने निर्णय भइसकेको छैन


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारद्वारा गत पुसमा ल्याइएका अध्यादेशबारे कुनै निर्णय भइनसेको बताएका छन् ।

यादवले अध्यादेशको पक्षमा वा विपक्षमा उभिने औपचारिक निर्णय नभइसकेको स्पष्टीकरण बुधबार दिएका हुन् ।

राष्ट्रपतिले जारी गरेका ती अध्यादेश पास गराउन अहिले संघीय संसद्मा पेश गरिएको छ । यस्तो ती अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादीका अध्यक्ष यादव छन् ।

प्रतिनिधिसभाबाट त अध्यादेश सजिलै पास हुन्छ । तर राष्ट्रियसभाबाट उक्त अध्यादेश पास गराउन सरकारसँग बहुमत छैन ।

यस्तोमा दुवैतर्फबाट समर्थन खोजिएको बताउँदै यादवले अहिले छलफलकै चरणमा रहेको बताएका छन् ।

‘सबै कुरा अहिले छलफलको क्रममा छ। अध्यादेश अध्ययन कार्यदलले भोलि बिहान ९ बजे प्रतिवेदन बुझाउँछ’, यादवले भने, ‘त्यसपछि ११ बजे बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय लिन्छ।’

यादवले आलोचनात्मक समर्थनसहित अध्यादेशको पक्षमा उभिने तयारी गरेको भनेर आएका समाचार र हल्लामा पनि सत्यता नभएको यादवले बताएका छन्।
यादवले जसपा नेपाल अहिलेसम्म अध्यादेश अनिर्णित रहेको बताउँदै यसबारे पूरा निर्णय बिहीबार मात्रै हुने बताएका छन् ।

अध्यादेश बिहीबार नै प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची तय भइसकेको छ । यस्तोमा प्रतिनिधि सभामा नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारसँग बहुमत छ । तर राष्ट्रिय सभामा बहुमत नहुँदा सत्ता गठबन्धनलाई तनाव भएको छ ।

राष्ट्रिय सभामा अहिले यादव नेतृत्वको जसपा नेपालका तीन सांसद छन् । जसपाका तीन सांसद जता उभिए त्यतै बहुमत पुग्न सक्छ । त्यही भएर अहिले जसपा नेपालसँग दुवै गठबन्धनले संवाद तीव्र बनाएका छन् ।

सरकारलाई समर्थन दिए पनि जसपा नेपाल अहिले सरकारमा छैन । यादवले अध्यादेश अध्ययनका लागि राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएका छन् । कार्यदलले अध्यादेशको समर्थन गर्ने नगर्ने निर्णय बिहीबार मात्रै दिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश पारितका लागि जसपा नेपालसँग सहयोग मागिरहेका छन् । यादवले अध्यादेश पारित गर्न निर्णायक भएपछि मधेश प्रदेशको मुख्यमन्त्रीमा बार्गेनिङ गरेको बताइएको छ।

माओवादी केन्द्र नेतृत्वको विपक्षी गठबन्धनले अध्यादेश असफल गर्ने प्रयास थालेको छ। प्रचण्डले सम्वाद बढाइसकेका छन् । तर यादवले आफ्नो पार्टी फुटाइदिएको भन्दै प्रचण्डसँग रिसाएका छन् । उनी समाजवादी मोर्चा छाडेर हिँडेको लामो समय भएको छ। यस्तोमा उनी अहिले दुवै गठबन्धनसँग संवाद छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : २७ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित