हेलिकप्टरमार्फत सुत्केरीको उद्धार « Khabarhub

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – यहाँको चौरजहारी नगरपालिका–६ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्ला अस्पताल सल्लेबाट उद्धार गरी २८ वर्षीया सीता बुढालाई प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । उनलाई अत्यधिक रक्तस्राव भएको र जुनसुकैबेला सघन उपचार कक्षको आवश्यकता पर्न सक्ने भएकाले हेलिकप्टरमार्फत उद्धारगरी सुर्खेत पठाइएको जिल्ला अस्पतालका महिला तथा स्त्रीरोग विशेषज्ञ डाक्टर केहलबिक्रम जिसीले जानकारी दिए। 

उनका अनुसार सीताको गत सोमबार जिल्ला अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो । बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएकामा शिशु भने मृत फेला परेको थियो । 

उनलाई थप उपचारको आवश्यकता भएपछि जिल्ला प्रशासनसँगको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र