चीनको आणविक कार्यक्रम तीव्र गतिमा विस्तार हुँदै « Khabarhub

चीनको आणविक कार्यक्रम तीव्र गतिमा विस्तार हुँदै


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले आफ्नो आणविक कार्यक्रमलाई तीव्र गतिमा विस्तार गरिरहेको पाइएको छ । हालै सार्वजनिक भू उपग्रह तस्बिरमा चीनको आणविक अनुसन्धान केन्द्रको तीव्र विस्तार भइरहेको देखिएको छ ।

चीनले सिचुआन प्रान्तस्थित मियानयाङ शहरमा नयाँ आणविक केन्द्रको विकास गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । यो अमेरिकाको क्यालिफोर्नियामा रहेको आणविक केन्द्रसँग मिल्दोजुल्दो रहेको जनाइएको छ । यस केन्द्रमार्फत् चीनले न्युक्लियर फिसन प्रविधिको शोध गरिरहेको अमेरिकी अखबार न्युजविकले जनाएको छ ।

चीनले पछिल्लो समय आणविक हतियारको उत्पादनलाई पनि अघि बढाउँदै लगेको छ । अमेरिकी रक्षा प्रशासन पेन्टागनका अनुसार चीनले आणविक हतियारलाई बढाउँदै लगेको छ । केही समयअघि पेन्टागनले जारी गरेको रिपोर्टअनुसार चीनसँग रहेका आणविक हतियारको सङ्ख्या १ सयले बढेर कुल ६ सयभन्दा धेरै पुगेको छ ।

चीनले भने आत्मरक्षाका लागि आणविक हतियारको विकास गर्नुपरेको प्रस्टोक्ति दिएको छ । चिनियाँ रक्षा मन्त्रालयले आणविक एकाधिकारको अन्त्य गर्न र युद्धको खतरा टार्न आफूहरुले आणविक हतियारको विकास गरिरहेको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : ५१ बजे

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा