चीनको आणविक कार्यक्रम तीव्र गतिमा विस्तार हुँदै « Khabarhub

चीनको आणविक कार्यक्रम तीव्र गतिमा विस्तार हुँदै


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले आफ्नो आणविक कार्यक्रमलाई तीव्र गतिमा विस्तार गरिरहेको पाइएको छ । हालै सार्वजनिक भू उपग्रह तस्बिरमा चीनको आणविक अनुसन्धान केन्द्रको तीव्र विस्तार भइरहेको देखिएको छ ।

चीनले सिचुआन प्रान्तस्थित मियानयाङ शहरमा नयाँ आणविक केन्द्रको विकास गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । यो अमेरिकाको क्यालिफोर्नियामा रहेको आणविक केन्द्रसँग मिल्दोजुल्दो रहेको जनाइएको छ । यस केन्द्रमार्फत् चीनले न्युक्लियर फिसन प्रविधिको शोध गरिरहेको अमेरिकी अखबार न्युजविकले जनाएको छ ।

चीनले पछिल्लो समय आणविक हतियारको उत्पादनलाई पनि अघि बढाउँदै लगेको छ । अमेरिकी रक्षा प्रशासन पेन्टागनका अनुसार चीनले आणविक हतियारलाई बढाउँदै लगेको छ । केही समयअघि पेन्टागनले जारी गरेको रिपोर्टअनुसार चीनसँग रहेका आणविक हतियारको सङ्ख्या १ सयले बढेर कुल ६ सयभन्दा धेरै पुगेको छ ।

चीनले भने आत्मरक्षाका लागि आणविक हतियारको विकास गर्नुपरेको प्रस्टोक्ति दिएको छ । चिनियाँ रक्षा मन्त्रालयले आणविक एकाधिकारको अन्त्य गर्न र युद्धको खतरा टार्न आफूहरुले आणविक हतियारको विकास गरिरहेको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : ५१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको