पाकिस्तानमा नाबालकलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ « Khabarhub

पाकिस्तानमा नाबालकलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा नाबालकलाई दुव्र्यवहार गरेको आरोपमा एक जना प्रहरी पक्राउ परेका छन् । नाबालकमाथि दुव्र्यवहार गरेको आरोपमा आजाद जम्मु कश्मीरको प्रहरी सेवामा हवल्दार पदमा रहेका एक जनालाई पक्राउ गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

घटना मुजफ्फरावाद शहरबाट ३५ किलोमिटर टाढा रहेको देभलियान क्षेत्रमा भएको हो । सो क्षेत्रमा १२ देखि १३ वर्ष उमेर समूहका बालकमाथि शंकास्पद व्यवहार गरिरहेका बेला उनी पक्राउ परेका थिए ।

घटनाबारे अनुसन्धान गर्न र आरोपीमाथि आवश्यक विभागीय कारवाही गर्न प्रहरीले डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको जनाइएको छ । पक्राउ परेका हवल्दारमाथि आजाद अपराध संहिताको धारा ३७७ को उपधारा ३ बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ११ : ०७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज