भारतले चाँडै हाइड्रोजन ऊर्जाबाट चल्ने रेल ल्याउँदै « Khabarhub

भारतले चाँडै हाइड्रोजन ऊर्जाबाट चल्ने रेल ल्याउँदै


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले चाँडै हाइड्रोजन ऊर्जाबाट सञ्चालन हुने रेल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भारतको रेल मन्त्रालयले हाइड्रोजन ऊर्जाबाट सञ्चालन हुने रेल सार्वजनिक गर्ने तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ईटी नाउका अनुसार भारतमा आगामी मार्च महिनाको अन्त्यसम्ममा नयाँ हाइड्रोजन रेल सार्वजनिक हुनेछ । उक्त रेल चेन्नइमा रहेको इन्टेग्रल कोच फ्याक्ट्रीले उत्पादन गर्नेछ । आर्थिक वर्ष सन् २०२३–२४ का लागि भारत सरकारले हाइड्रोजनबाट चल्ने रेलको विकास गर्न २ हजार ८ सय करोड भारतीय रुपैयाँ खर्च गरेको थियो ।

भारतले हाइड्रोजनबाट चल्ने रेलको विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । अरु मुलुकले ५ सयदेखि ६ सय हर्सपावरका हाइड्रोजन इन्जिनको विकास गर्दा भारतले भने १२ सय हर्सपावरको इन्जिन निर्माण गरेको छ ।

नयाँ रेल नर्दन रेलवेको दिल्ली डिभिजनअन्तर्गत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यो रेल ८९ किलोमिटर लामो जिन्द–सोनिपत रुटमा चल्ने छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : १० बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने