ब्राजिल हुँदै अमेरिका छिरेका थिए फर्काइएका नेपाली, दलालविरुद्ध मुद्दा चलाउन अनिच्छुक « Khabarhub

ब्राजिल हुँदै अमेरिका छिरेका थिए फर्काइएका नेपाली, दलालविरुद्ध मुद्दा चलाउन अनिच्छुक


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले अमेरिकाबाट निष्काशित भएर बुधबार नेपाल फर्काइएका ८ जना नेपालीहरूसँग सोधपुछ गरेको छ ।

अमेरिकी जहाजबाटै बुधबार बिहान नेपाल फर्काइएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा लगेर ती नेपालीमाथि सोधपुछ गरिएको हो ।

अमेरिका गएको प्रक्रियाबारे उनीहरूसँग बुझ्ने काम भएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।

प्रारम्भिक सोधपुछका क्रममा केही नेपालीहरू ब्राजिल हुँदै स्थालमार्गबाट अमेरिका पुगेको खुलेको छ ।

त्यसक्रममा क्रममा उनीहरूले अमेरिकाको अध्यागमन कानुन उलंघन गरेकाले डिपोर्ट गरेर पठाएको पाइएको उनले बताएका छन् ।

त्यस्तै फर्काइएका नेपालीहरूले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले जानकारी दिएका छन् ।

बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत् ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरूलाई परिवारको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।

थप समाचार

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १ : ०० बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा