सुनसरीबाट आठ महिनामा सात सय ९४ जना प्रतिवादी पक्राउ « Khabarhub

सुनसरीबाट आठ महिनामा सात सय ९४ जना प्रतिवादी पक्राउ


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भण्टाबारी– जिल्ला प्रहरी कार्यालय सुनसरीले आठ महिनाको अवधिमा सात सय ९४ जना प्रतिवादी पक्राउ गरेको छ । 

अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ गर्न चलाएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सात सय ९४ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । 

पक्राउ परेका प्रतिवादीबाट एक सय २९ वर्ष सात महिना एक दिन कैद भुक्तान र एक करोड १२ लाख ४७ हजार दुई सय ७८ रुपैयाँ राजस्व तथा जरिबाना असुलउपर गरिएको उनले उल्लेख गरे । 

जिल्ला प्रहरी कार्यालय तथा मातहत रहेका ८६ प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्ला अदालतबाट सजाय पाएर कैद भुक्तान नगरी फरार रहेका विभिन्न स्थानका प्रतिवादी पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन, लागूऔषध ओसारपसार तथा भन्सार चोरी निकासी नियन्त्रण र नव प्रवर्द्धनात्मक गरी चार अभियान जिल्ला प्रहरी कार्यालयले चलाएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए । 

फरार प्रतिवादी पक्राउ गर्दै अपराध गरेर भागे पनि कानुनले छाड्दैन भन्ने सन्देश प्रवाह गर्न नेपाल प्रहरीले अपराध न्यूनीकरणमा आफ्नो कर्तव्य निर्वाह गरेपछि प्रहरीको काम कारबाहीप्रति जनसमुदायको विश्वास बढेको उनको भनाइ छ ।
 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ३७ बजे

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार