सुनसरीबाट आठ महिनामा सात सय ९४ जना प्रतिवादी पक्राउ « Khabarhub

सुनसरीबाट आठ महिनामा सात सय ९४ जना प्रतिवादी पक्राउ


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भण्टाबारी– जिल्ला प्रहरी कार्यालय सुनसरीले आठ महिनाको अवधिमा सात सय ९४ जना प्रतिवादी पक्राउ गरेको छ । 

अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ गर्न चलाएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सात सय ९४ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । 

पक्राउ परेका प्रतिवादीबाट एक सय २९ वर्ष सात महिना एक दिन कैद भुक्तान र एक करोड १२ लाख ४७ हजार दुई सय ७८ रुपैयाँ राजस्व तथा जरिबाना असुलउपर गरिएको उनले उल्लेख गरे । 

जिल्ला प्रहरी कार्यालय तथा मातहत रहेका ८६ प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्ला अदालतबाट सजाय पाएर कैद भुक्तान नगरी फरार रहेका विभिन्न स्थानका प्रतिवादी पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन, लागूऔषध ओसारपसार तथा भन्सार चोरी निकासी नियन्त्रण र नव प्रवर्द्धनात्मक गरी चार अभियान जिल्ला प्रहरी कार्यालयले चलाएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए । 

फरार प्रतिवादी पक्राउ गर्दै अपराध गरेर भागे पनि कानुनले छाड्दैन भन्ने सन्देश प्रवाह गर्न नेपाल प्रहरीले अपराध न्यूनीकरणमा आफ्नो कर्तव्य निर्वाह गरेपछि प्रहरीको काम कारबाहीप्रति जनसमुदायको विश्वास बढेको उनको भनाइ छ ।
 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ३७ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण