त्रियुगामा ट्युबबेल सुक्न थालेपछि पानीको समस्या « Khabarhub

त्रियुगामा ट्युबबेल सुक्न थालेपछि पानीको समस्या


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर– हिउँमा यस वर्ष अहिलेसम्म वर्षा हुन नसकेपछि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा जमिनमुनि पानीको सतह घटेर ट्युबबेलमा पानी सुक्न थालेको छ । ट्युबबेलको पानी सुक्न थालेपछि स्थानीयलाई पिउने पानीको समस्या हुन थालेको हो ।

त्रियुगा नगरपालिका–१ को जोगीदह, २ को खैनपुर, मोथ्याइ, वडा नं १२ को बोटेटोल गाईघाट, वडा नं १३ असारी पोर्ताह, लक्ष्मीपुरसहितका क्षेत्रमा जमिनमुनि पानीको सतह घट्न थालेपछि ट्युबबेलबाट पानी आउन छाडेको स्थानीय प्रेमप्रसाद भुजेलले बताए।

असारी क्षेत्रका अहिले झण्डै चार दर्जनभन्दा बढी ट्युबबेल सुक्न थालेपछि पिउने पानीको समस्या भोग्नुपरेको स्थानीय बताउँछन् । त्रियुगा–१२ पुरानो गाईघाट, बोटेटोल तथा बुद्धचोक क्षेत्रमा पनि फागुनको पहिलो सातादेखि अधिकांश ट्युबबेलबाट पानी आउन छाडेपछि अन्यत्रबाट पिउने पानी ल्याएर उपभोग गर्न बाध्य भएको बुद्धचोकका शान्तिमाया कार्कीले बताए।

बुद्धचोक क्षेत्रका अहिले झण्डै तीनदर्जन हाराहारीका कल तथा ट्युबबेल सुकेका छन् । त्रियुगा–१ जोगिदह बरगाछीका स्थानीय उमानन्द ढुङ्गानाका अनुसार फागुनको पहिलो सातादेखि कल तथा ट्युबबेल सुक्न थालेका हुन् । सोही कारणले अहिले अधिकांशले इनारको दूषित पानी पिउनुपरेको उनको भनाइ छ ।

त्रियुगा–२ खैजनपुर क्षेत्रमा पनि फागुनको पहिलो सातादेखि ट्युुबबेलमा पानी सुक्न थालेपछि समस्या भइरहेको रेखा राजधामीले बताए। मोथ्याइका कल मिस्त्री देवलाल चौधरीले भने, ‘यस पटक पुस, माघमा एक दुई पटक पनि वर्षा भएन, यही कारण जमिनमुनि पानीको सतह घटेर २५ फिटभन्दा तल झरिसकेको छ । बीस–बाइसफिट गहिराइमा गाडेका सबै ट्युबबेल, कलहरू सुकिसकेका छन्, अब ठूलो वर्षा नभएसम्म यी ट्युबबेलबाट पानी आउँदैन ।’

अहिले त्रियुगाका अधिकांश गाउँमा करिब तीन सयभन्दा बढी कल तथा ट्युबबेल सुकेपछि पिउने पानीको समस्या हुन थालेको हो ।

कल तथा ट्युबबेलबाट पानी आउन छाडेपछि कतिपय स्थानीय गाउँटोल नजिक रहेका इनारबाट पानी उपभोग गर्न थालेका लक्ष्मीपुरका सीताराम चौधरीले बताए। 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ३८ बजे

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा