नेपाली महिला क्रिकेट टोलीको बिदाइ « Khabarhub

नेपाली महिला क्रिकेट टोलीको बिदाइ


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) ले युगाण्डामा हुने चारदेशीय महिला टी–२० शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।  सो अवसरमा क्यानका सचिव पारस खड्का लगायतले टिमलाई सफलताको शुभकामना दिएका थिए ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ८  देखि १६ सम्म युगाण्डामा संचालन हुने चार देशीय सिरिजका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको छ ।

जसमा कप्तान इन्दु बर्मा, विन्दु रावल, रिया शर्मा, सम्झना कुमारी खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना क्षेत्री, अलिसा कुमारी यादव, रोमा थापा, रचना चौधरी, सना प्रवीन र ईश्वरी विष्ट छन् । यस टूरमा सिता राना मगर, युवा खेलाडी मनिषा उपाध्यायलाई बाहिर राखिएको छ ।

युगाण्डामा नेपालले युगाण्डा, हङकङ र नामिबिया सम्मिलित चार देशीय सिरिज खेल्दै छ । जस अनुसार नेपालले पहिलो खेल मार्च ८ मा नामिबियाविरुद्ध, मार्च ९ मा युगाण्डाविरुद्ध, मार्च १० मा हङकङविरुद्ध, मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : २९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका