अभियानले दक्षिण नेपालमा नयाँ भरोसा जगाउँदैछ : प्रचण्ड « Khabarhub

अभियानले दक्षिण नेपालमा नयाँ भरोसा जगाउँदैछ : प्रचण्ड


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई–मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताएका छन् ।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानको क्रममा महोत्तरीको मटिहानीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

अध्यक्ष प्रचण्डले झापाबाट सुरु गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषाहुँदै महोत्तरीसम्म आउँदा लाखौं जनतामा उत्साह सिर्जना गरेको र कन्चनपुरसम्म पुग्दा दशौं लाख जनतामा नयाँ विश्वास र भरोसा जागृत गरेको बताए।

उनले पार्टीको अभियानले तराई मधेसमा सिर्जना गरेको जनलहरले अन्य राजनीतिक दलहरुमा आतंक सिर्जना सुरु भएको बताए । आफूलाई ठूला भन्ने दल र आफूलाई मधेसी समुदायको मसिहा ठान्ने दलहरु माओवादीको यो अभियानबाट आत्तिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट जनतामा भने जागरणको लहर सिर्जना गरेको बताए।

लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए । उनले नेपालमा तीन सय वर्षअघि संस्थागतरुपमा शिक्षाको सुरु भएको र महत्त्वपूर्ण मठ मन्दिर रहेको महोत्तरीको मटिहानी महत्त्वपूर्ण रहेको बताए ।

सो क्रममा माओवादी केन्द्रमा प्रवेश गर्ने जसपा नेपालका नेता नवीनकुमार महतोलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए । भोलि दिनभरि अभियान महोत्तरीको हुलाकी मार्ग आसपासका पालिकाहरुमा केन्द्रित हुने छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ८ : ४७ बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल