फालेलुङ पर्यटन महोत्सव : घोडा दौड देखि याक राइडिङसम्म « Khabarhub

फालेलुङ पर्यटन महोत्सव : घोडा दौड देखि याक राइडिङसम्म


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ नम्बर वडाको संगमस्थल थाप्ली डाँडामा दोस्रो फालेलुङ पर्यटन महोत्सव हुने भएको छ । सिर्लिङ्गी टारमा दोस्रो फालेलुङ पर्यटन महोत्सव चैत १८ देखि २३ गतेसम्म आयोजना हुने भएको छ ।

आयोजक तीन सिमाना जनसेवा समाज नेपालका अनुसार महोत्सवको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु हो । यो क्षेत्र समुन्द्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको छ । भारतसँग सिमाना जोडिएको यो क्षेत्र लेकाली हावा पानी र जरिबुटिले प्रख्यात छ ।

यस क्षेत्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण र मकालु लगायतका हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न पनि सकिने आयोजकको दाबी छ ।

साथै, विश्वकै दुर्लभ वन्यजन्तु हाब्रे रेड पान्डासहित विभिन्न वन्यजन्तु तथा बहुमूल्य जडीबुटी पाइने यो क्षेत्र जैविक विविधताको हिसाबले पनि महत्त्वपूर्ण स्थल मानिने गरिन्छ ।

यस क्षेत्रमा प्रशस्त रूपमा होमस्टेहरूको पनि व्यवस्था छ । साथै चौँरी गाईबाट उत्पादन भएका विभिन्न परिकार पनि पाइन्छ । चौँरी गाइको समेत अवलोकन गर्न पाइने यो क्षेत्र आन्तरिक तथा वाह्रय पर्यटकका लागि निकै रोचक हुने आयोजक दाबी छ ।

महोत्सव अन्तर्गत विभिन्न प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिने बताइएको छ । यसपटक ८ किलोमिटर लामो साहसी म्याराथन प्रतियोगिता समावेश गरिएको छ, जसमा दौडथुन थाप्ली हुँदै तीन सिमाना परिक्रमा गरी पुनः थाप्ली मै समापन हुनेछ।

यस्तै, फुटबल प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, घोडा दौड रेस, याक राइडिङ तथा चर्चित गायिका बबिना किराती समापनका दिन २३ गते विशेष सांगीतिक प्रस्तुति महोत्सवको आकर्षण हुने आयोजक अध्यक्ष योगेन्द्र सावदेनले जानकारी दिए ।

महोत्सवमा स्थानीय तथा परम्परागत परिकारको प्रवर्द्धनका लागि स्टलहरू रहनेछन्। विशेष रूपमा रैथाने खानेकुरा जस्तै याङ्बेन, गुराँसको रक्सी, चौरीको घ्यू, छुर्पी, भेडाको उनबाट बनेका असकोट, भेडाको घ्यू, मालिङ्गोको चोयाबाट निर्मित डालो–डोको, साथै विभिन्न चित्रहरूको प्रदर्शनीसमेत गरिनेछ।

यो क्षेत्र स्थानीय पर्यटन प्रवर्द्धन गर्दै व्यवस्थित बनाउन गाउँपालिका निरन्तर सक्रिय रहेको अध्यक्ष वीर विक्रम थाम्सुहाङले बताए। पर्यटनलाई रोजगारीको स्रोतका रूपमा विकास गर्दै स्थानीय स्तरमै आयआर्जन वृद्धि गराउने लक्ष्य रहेको उनको भनाइ छ।

महोत्सवको समापन समारोहमा कोशीका भौतिक पूर्वाधार तथा यातायात मन्त्री भूपेन्द्र राईको उपस्थिति रहने आयोजकको तर्फबाट गणेश थाम्सुहाङले जानकारी दिए। महोत्सवमा विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतबाट समेत गरी पाँच हजारभन्दा बढी दर्शक तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार फालेलुङ गाउँपालिकाले महोत्सवका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने महोत्सव सञ्चालन खर्च ८ लाखभन्दा माथि हुने अनुमान गरिएको छ। गत वर्ष मंसिर २७ गतेदेखि तीन दिनसम्म आयोजना भएको महोत्सव यस वर्ष भने चैत महिनामा मात्रै आयोजना गर्न लागिएको हो।

फालेलुङ गाउँपालिकामा हरेक वर्ष तीन वटा प्रमुख महोत्सव आयोजना हुने गर्छ। सन् २०७४ देखि निरन्तर रूपमा वैशाख १ गतेदेखि चौँरी पर्यटन महोत्सव सञ्चालन हुँदै आएको छ भने वाङ्मय प्रतिष्ठानले सांस्कृतिक महोत्सवसमेत आयोजना गर्दै आएको छ। यी सबै महोत्सवले स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्न योगदान पुर्‍याइरहेको गाउँपालिका अध्यक्ष थाम्सुहाङले बताए।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : ०५ बजे

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी