आज २०८१ साल चैत २३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत २३ गते शनिबारको राशिफल


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत २३ गते शनिबार चैत शुक्ल पक्षको अष्टमी तिथि। चैत दशैँ। गोरखकाली पूजा। तदनुसार सन् २०२५ अप्रिल ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। सहकार्यमा गरेको व्यापारबाट घाटा हुने जोखिम छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा मन आकर्षित भएको छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। बोल्दा तीन पटक सोचेर बोल्नुपर्नेछ।

मिथुन : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गुरुसँग छोटो दूरीको यात्रा तय हुनेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। तपाईंको श्रमको मूल्य अरुले लिने जोखिम छ। राजनीतिक क्षेत्रमा विपक्षीसँग विवाद बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

सिंह : आम्दानीका स्रोत सहज बनेका छन्। परिवारबाट सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। राजनीतिमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। घर भित्र भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ।

कन्या : दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यले साथ दिँदा मन खुशी बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मनमा नयाँनयाँ विचारको उदय हुनेछ। प्रतिभाको प्रदर्शन गर्नुपर्ने समय छ। विपक्षी शान्त भएकाले काम गर्न सहज वातावरण बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। बिहान उठेर पिपलको दर्शन गर्नुहोला। पश्चिमको लामो दूरीको यात्रा नगर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। दान दक्षिणा गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : दिन सहज छ। तपाईंको काममा हस्तक्षेप हुनेछ। अप्ठेरो परिस्थितिमा साथीले साथ दिनेछन्। कृषि क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन जोखिमपूर्ण भएकाले ठुलो योजना नबनाउनु उचित हुनेछ। राजनीतिक क्षेत्रका साथीले तपाईंलाई धोका दिने जोखिम छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। अप्ठेरो परिस्थिति भएकाले साथीसँग बचेर काम गर्नुपर्नेछ।

कुम्भ : आज मन अशान्त बनाएर अगाडि बढ्नुपर्ने दिन छ। सानो कुराले ठुलो तनाव हुने जोखिम छ। बौद्धिक व्यक्तिलाई समय दिएमा मन शान्त बन्नेछ। प्राविधिक शिक्षामा लगानी गरेमा फाइदा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्न सके दिन सहज बन्नेछ।

मीन : आज तपाईंको मन अशान्त बन्नसक्छ। संकटमा संयमता अपनाउनुपर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। ठुला व्यक्तिको सम्मान गर्न सके महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ५ : ०२ बजे

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज