कप्तान हार्दिकको अलराउण्ड प्रदर्शनले पनि हारबाट जोगिएन मुम्बई : लखनउ १२ रनले विजयी « Khabarhub

कप्तान हार्दिकको अलराउण्ड प्रदर्शनले पनि हारबाट जोगिएन मुम्बई : लखनउ १२ रनले विजयी


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनकोे इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सको खराब प्रदर्शन जारी छ । शुक्रबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले हरायो। २०४ रनको लक्ष्य पाएको मुम्बई ५ विकेटको क्षतिमा १९१ रनमा सीमित भयो ।

खराब लयमा रहेका मुम्बईका रोहित शर्मा भने शुक्रबारको खेलमा टोलीमा समावेश थिएनन् । मुम्बईका लागि सूर्यकुमार यादवले ४३ बलमा ६७ रनको योगदान गरे । नमन धिरले ४६ रन जोडे भने तिलक बर्माले धिमा गतिमा ब्याटिङ गर्दै २३ बलमा २५ रन बनाए । कप्तान हार्दिक पाण्डे भने अविजित रहँदा १६ बलमा २८ रन जोड्न सफल भए ।

लखनउका दिगवेश राठीले चार ओभरमा २१ रन खर्चेर नमन धिरको महत्त्वपूर्ण विकेट लिए । नवौँ ओभरमा पहिलो बलमा तेस्रो विकेटको रूपमा बोल्ड आउट हुनुअघि धिरले २४ बलमा चार चौका र तीन छक्कासहित ४६ रनको योगदान गरिसकेका थिए । राठीले पहिलो स्पेलमा तीन ओभरमा १० रन खर्चेर एक विकेट लिए । यो नै खेलको निर्णायक स्पेल थियो । एक ओभरको दोस्रो स्पेलमा भने उनलाई ११ रन प्रहार गरियो । राठी प्लेयर अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा २०३ रन बनायो । लखनउका मिचेल मार्सले उत्कृष्ट पारी खेल्दै ३१ बलमा ६० रन जोडे । उनले आइडन म्याक्रमसँग पहिलो विकेटका लागि ७ ओभरमा ७६ रनको साझेदारी गरे ।

विगनेस पुथुरले ४ ओभर बलिङ गरेर ३१ रन खर्चे । म्याक्रमले ३८ बलमा ५३ रन जोडे । डेभिड मिलरले १४ बलमा २७ रन जोडे ।
मुम्बईलाई खेलमा फर्काउने क्रममा कप्तान पाण्डेले चार ओभरमा ३६ रन खर्चेर पाँच विकेट लिए । लखनउका ऋषभ पन्त दुई रनमा आउट भए ।

तालिकामा लखनउ चार अंकसहित छैटौँ तथा मुम्बई २ अङ्कसहित सातौँ स्थानमा छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ६ : २८ बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब