राष्ट्रिय खुला टी-२० क्रिकेटः स्याङ्जा र काठमाडाैंको विजयी सुरुआत « Khabarhub

राष्ट्रिय खुला टी-२० क्रिकेटः स्याङ्जा र काठमाडाैंको विजयी सुरुआत


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज यहाँ एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

पहिलो दिनको खेलमा स्याङ्जा र काठमाडौँले विजयी सुरुआत गरेका छन् । आजको पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले पराजित गर्दै विजय हासिल गर्‍यो ।

खेलमा पहिला टस जितेर ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा एक सय ६२ रन बनाएको थियो । पोखरा महानगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो ।

स्याङजाका अश्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ रन जोडे । उनले ३० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । किरण भट्टराई २३ रनमा अविजित रहे । पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान दुईरदुई विकेट लिए भने सुवाष बाँस्तोला र मार्सल बरालले समान एकरएक विकेट लिए ।

यसैगरी, दोस्रो खेलमा काठमाडौँले हेटौँडालाई ११ रनले पराजित गर्‍यो । एक सय ५२ रनको विजयी लक्ष्य पाएको हेटौँडा २० ओभरमा एक सय ४० रनमा ‘अलआउट’ भयो । हेटौँडाका लागि शुभ कङ्शाकरले ५४ रनको अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । उनले २४ बलमा नौ चौका र दुई छक्का प्रहार गरे ।

पहिला टस जितेर ब्याटिङ गरेको सिइसी काठमाडौँले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । काठमाडौँका लागि पृथु बाँस्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । उनले ३३ बलमा पाँच चौका र चार छक्का प्रहार गरे ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले एकेडेमीका संरक्षकसमेत रहेका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता आयोजना गरेको हो ।

आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेप्रतियोगितामा १६ टोलीको सहभागिता रहेको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जनाएका छन् । प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘म्यान अफ दि सिरिज’ले रु ३० हजार, वेष्ट बलर, वेष्ट ब्याटरले जनही रु १० हजार र ‘म्यान अफ दि म्याच’ले रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ८ : २४ बजे

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना

काठमाडौं– डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद्

अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने

महोत्तरी– बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि…

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको