खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण « Khabarhub

खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले किसानका खेतबारीमै पुगेर कृषिबालीको उपचार गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले नगरभित्र व्यावसायिक खेती गर्ने किसानका खेतबारीमै समस्या समाधान गर्न थालेको हो ।

पहिलो चरणमा वडा नं १० को बेतीनी र वडा नं ७ को विगुटारको सुर्केमा बाली उपचार शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । कृषि शाखा प्रमुख अस्मिता दाहालले शिविरमा दुई वडाका ८५ जना कृषकले बोटबिरुवा तथा बाली उपचार सेवा लिएको बताए ।

उनका अनुसार वडानं १० मा भएको शिविरमा ल्याइएका बोटबिरुवा तथा बाली परीक्षण गर्दा खुर्सानीमा औँसा किरा, आपमा ‘म्याङ्गो माल्फर्मेशन’, केरामा ‘पानामा रोग’, सुन्तलामा फूल झर्ने, तरकारीमा किरा लाग्नेलगायत समस्या देखिएको थियो ।

यस्तै, सिद्धिचरण–७ सुर्केमा सञ्चालित शिविरमा टमाटर, काँक्रा र तरकारी बालीमा ‘टुटा अप्सुलेटा’, केरामा ‘पानामा रोग’, तोरी सागमा लाइकिराको प्रकोप भेटिएको थियो ।

बाली तथा बोटबिरुवा विज्ञद्वारा समस्याको पहिचान गरी आवश्यक परामर्शसहित सिद्धिचरण–१० का ५२ र ७ का ३३ जना कृषकलाई औषधि तथा विषादी वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

गाउँमा कृषि प्राविधिक आएर खेतबारीमा लगाइएका फलफूल, अन्नबाली तथा तरकारीबालीमा देखिएका समस्या समाधान गरिदिएपछि किसान उत्साहित भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : ०५ बजे

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज

सीटीइईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइईभीटी) को रिक्त

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

इनरुवा– जिल्लाको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा