प्रिसा साह मृत्यु प्रकरण : छानबिनको पहल गर्न सभामुखबाट सरकारलाई निर्देशन | Khabarhub Khabarhub

प्रिसा साह मृत्यु प्रकरण : छानबिनको पहल गर्न सभामुखबाट सरकारलाई निर्देशन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न र विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न संसदले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले यस प्रकरणमा के–कसो भएको हो भनेर खोजीनीति गर्न निर्देशन दिए । ‘उज्यालो भविष्य देखेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु’, सभामुख घिमिरेले भने । उनले विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न गराउन पनि निर्देशन दिए ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरुले प्रिसा साह मृत्यु प्रकरणबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । केही समयअघि सोही विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको पनि रहस्यमय ढङ्गले मृत्यु भएको थियो । पुनः सोही प्रकृतिको घटना अहिले दोहोरिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरूले थप असुरक्षित महसुस गरेको सांसदहरूको भनाइ छ ।

सांसदहरू देवेन्द्र पौडेल, डा. अमरेशकुमार सिंह, रामकृष्ण यादव, निर्मला कोइरालालगायतले प्रिसा साह मृत्यु प्रकरणबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : १७ बजे

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल

भारतीय र नेपाली मेकर मिलेर फिल्म ‘मोना लिसा’ बनाउने

काठमाडौं – भारतीय र नेपाली मेकरहरु मिलेर फिल्म ‘मोना लिसा

नायक विजय बरालाई पुत्री लाभ

काठमाडौं – नायक विजय बरालको दम्पतीलाई दोस्रो सन्तानको रुपमा पुत्री

चार दिनदेखि भादगाउँ–खिरखादी खानेपानी अवरुद्व

तनहुँ– व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध

इन्डोनेसिया र युरोपेली सङ्घबीच ऐतिहासिक व्यापार सम्झौता

एजेन्सी– झण्डै एक दशक लामो वार्तापछि इन्डोनेसिया र युरोपेली सङ्घबीचको