सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए विघटन गर्न सुझाव « Khabarhub

सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए विघटन गर्न सुझाव


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले लोकप्रियताका लागि सत्तासाझेदार दलका नेताहरुले नै सरकारविरुद्ध वक्तव्यबाजी गरेको देखिएको भन्दै सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज वा विघटन गर्न सुझाव दिए । तर, अस्थिरतालाई मलजल हुने काम सत्तासाझेदारभित्र रहेका कसैले पनि गर्न नहुने उनले बताए । 

उनले अहिले सत्तागठबन्धनको विपत्तीमा कुनै काम नभएको दावी गर्दै सरकार एमालेकरण भयो भन्नु गलत भएको उल्लेख गरे । त्यस्तै थापाले गठबन्धनको अभ्यासमा सबै अधिकार एकदललाई मात्रै नहुने भन्दै ऊर्जा मन्त्रीको प्रस्तावमा कुलमानलाई हटाएको विषय प्रधानमन्त्रीसँग जोडेको भन्दै आपत्ति जनाए । 

उनले गठबन्धन सरकारको अभ्यास र कार्यतरिका हेक्का राख्न सत्तारुढ दलकै सांसदहरुलाई आग्रह गरे । त्यस्तै उनले सरकार ढल्ने वक्तव्यबाजीहरुले मिडिया रंगिने र समाजमा ध्वनि प्रदुषण हुने क्रम जारी रहेपनि त्यस्ता वक्तव्य निरर्थक सावित भएको जिकिर गरे । थापाले लुटपाट र आगजनीबाट व्यवस्था नबदलिने भन्दै निन्द्राबाट ब्युँझिएर यथार्थलाई आत्मसाथ गरेर अघि बढ्न सुझाव दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : ११ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त