‘रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राख्नु न्यायसङ्गत छैन’ « Khabarhub

‘रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राख्नु न्यायसङ्गत छैन’


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद रोशन कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राख्नु न्यायसङ्गत नभएको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले लामो समय हिरासतमा राखेर सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाइन्। 

‘मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु र रेशम चौधरीलाई बिना कारण पक्राउ गर्नु कहाँको न्याय हो ?, न्यायिक छानबिन गर्न माग गरिरहेका छौँ तर सुनुवाइ भइरहेको छैन’, उनले भनिन्।

सांसद राजेन्द्र पाण्डेले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चालु आर्थिक वर्षमै सुरु हुने गरी बजेट विनियोजन गर्न आग्रह गरिन्। 

‘आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ,  वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पनि तयार छ, आयोजना प्रभावितलाई  ४३ अर्ब मुआब्जा वितरण पनि सकिएको छ’, उनले भनिन् ‘आयोजनाको धेरै काम सकिएकाले अब निर्माण सुरु गर्न ढिलाइ गर्नुहुँदैन । आयोजना निर्माण समयमै सुरु भएको भए ? दुई खर्ब ६० अर्ब लागतमा काम सकिन्थ्यो । आव २०८१-८२ मा आउँदा लागत बढ्दै रु तीन खर्ब ९८ अर्ब लाग्ने अनुमान भएको छ ।’

सांसद गणेश पराजुलीले सहकारीपीडितलाई न्यायको कठघरामा ल्याउन र ठगी प्रकरणको सबै भागीदारबाट असुलउपर गराउने विषयमा सरकारको ध्यानाकर्षण गराए। उनले पीडितलाई क्षतिपूर्तिसहित बचत फिर्ता गराउने काम तत्काल सुरु गर्न माग गरे । 

‘सहकारी ठगी प्रकरणका वास्तविक पीडक कतिलाई कारबाहीको दायरामा ल्याइयो रु पीडित जनताको पैसा फिर्ता भयो ?’, उनले भने, ‘अर्को कुरा यतिबेला बजेट निर्माणको चटारो छ । भन्सार नाकाहरूमा सुधार गर्नुपर्ने छ । वस्तु तथा सेवाको उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्न, निर्यात बढाएर व्यापार घाटा न्यूनीकरण गर्नु आजको आवश्यकता हो ।’
 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : ४२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल