ब्राउन सुगर समाउन झापामा प्रहरीले चलायो गोली « Khabarhub

ब्राउन सुगर समाउन झापामा प्रहरीले चलायो गोली


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

झापा– लागूऔषध कारोबारमाथि कारबाहीको सिलसिलामा झापामा प्रहरीले गोली चलाएको छ । 

कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङ्गा-झापा सडकखण्डमा सोमबार बिहान प्रहरीले दुई राउन्ड गोली चलाएको हो । 

बिआर ३७९१९८ नम्बरको मोटरसाइकलमा सवार कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । 

गोली चलाएपछि मोटरसाइकल छोडेर कारोबारी भागेको खड्काले बताए । मोटरसाइकलबाट प्रहरीले २०० ग्राम ब्राउनसुगर बरामद गरेको छ । 

‘मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भागेपछि गोली चलाइएको हो, ती कारोबार अहिले फरार छन्,’ उनले भने, ‘लागूऔषध र मोटरसाइकल बाटोमै छोडेर भागेका छन्। उनको खोजी भइरहेको छ।’

कारोबारी भागेपछि थ्री नट थ्री राइफलबाट प्रहरीले दुई राउन्ड गोली चलाएको थियो । -न्युजकारखाना

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ११ बजे

भारतीको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा

ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ

काठमाडौं– नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत् नियमन

बलिङ, ब्याटिङ र फिल्डिङ कोल्याप्स हुँदा पेचिलो बन्दै नेपालको शीर्ष चार यात्रा

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ ।

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं– अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका