‘रेशम पक्राउ बारे उच्चस्तरीय छानबिन आयोग गठन गरौँ’ « Khabarhub

‘रेशम पक्राउ बारे उच्चस्तरीय छानबिन आयोग गठन गरौँ’


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद अब्दुल खानले रेशम चौधरीलाई पक्राउ गरिएको बारेमा संसद्मा जानकारी दिन माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकता हुन लागिरहेको सन्दर्भमा चौधरीलाई पक्राउ गर्नुको पछाडि राजनीतिक षड्यन्त्र भएको आरोप लगाए । 

सांसद रामप्रकाश चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको पक्राउका बारेमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरे ।

सांसद गङ्गाराम चौधरीले यही वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकताको प्रक्रिया अगाडि बढिरहेको बेला सर्वोच्च अदालतको नक्कली पत्रले रेशम चौधरीलाई अनाहकमा दुःख दिएको बताए । 

सांसद रञ्जुकुमारी झाले सप्तरीको गाउँ ब्लकको जग्गाधनीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराइन् । उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट बढोत्तरी गर्न बहुपक्षीय योजनामा पार्न आग्रह गरिन् ।

सांसद रेखा यादवले देशव्यापी रूपमा भ्रष्टाचार मौलाएको भए पनि कारबाही नभएकामा गुनासो गरिन् । उनले नेपाल विद्युत् प्राधिकरणले पछिल्लो पटक जारी गरेको श्वेतपत्रका बारेमा सत्य तथ्य छानबिन गर्न माग गरिन् । सांसद यादवले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति असन्तुष्टि प्रकट गरिन् । 

सांसद प्रेम सुवालले मौलाउँदो भ्रष्टाचार, विचौलियाको बिगबिगी नियन्त्रणका बारेमा सरकारको ध्यानाकर्षण गराए । सांसद प्रभु साहले काठमाडौंको सुकुम्वासी बस्तीमा खानेपानी रोकिएकामा असन्तुष्टि व्यक्त गरे । उनले सुकुम्वासीको मत र कर लिए पनि खानेपानी रोक्ने काम भएकामा गुनासो गरे ।

सांसद राजेन्द्र बजगाईँले हिमाली पानी र जडीबुटी भारतीय बाटो हुँदै विश्व बजारमा पुर्‍याउन सके मुलुकले ठूलो मात्रामा आर्थिक लाभ हासिल गर्न सकिने बताए । नेपालमा विदेशी लगानीको आकर्षण बढाउनका लागि आफूले गरेको पहललाई सार्थक बनाउन सरकारी कमजोरीका कारण नसकिएको जिकिर गरे। 

सांसद दयालबहादुर शाहीले लोकतान्त्रिक संस्कारलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । उनले सरकारले काम गर्ने वातावरण बनाउन आग्रह गरे । 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : २७ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा