वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ बस्ने दोलखा जिरी नगरपालिका–३ घर भएका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिका– १५ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–६ घर भएका ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ र काठमाडौं महानगरपालिका–२६ बस्ने स्याङ्जा वालिङ नगरपालिका–७ घर भएका ५६ वर्षीय नर बहादुर खड्का थोकी रहेका छन् ।

पक्राउ मध्ये जितेन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ, नरेन्द्रले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रुपैयाँ र नर बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जितेन्द्रलाई काठमाडौं महानगरपालिका–९ बाट, नरेन्द्रलाई काठमाडौं महानगरपालिका–२२ बाट र नर बहादुरलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ४२ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,