कांग्रेस-एमालेबीच भएको सात बुँदे सहमतिमै नीति तथा कार्यक्रम आयो : सचेतक घिमिरे « Khabarhub

कांग्रेस-एमालेबीच भएको सात बुँदे सहमतिमै नीति तथा कार्यक्रम आयो : सचेतक घिमिरे


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिमा टेकेर नै सरकारको नीति तथा कार्यक्रम आएको बताएका छन् । 

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले कांग्रेस समेतको सहभागितामा सात बुँदे सहमतिमा टेकेर नै सरकारको नीति तथा कार्यक्रम आएको बताएका हुन् ।

उनले नीति तथा कार्यक्रमलाई लागू गर्नका लागि पर्याप्त आर्थिक स्रोत नभएकाले कार्यान्वयनमा चुनौती रहेको जिकिर गरे । घिमिरेले सरकारको नीति तथा कार्यक्रममा कांग्रेसका कसैको पनि ठूलो असन्तुष्टि नरहेको बताए । 

उनले आगामी बजेट नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नेगरि आउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ५८ बजे

‘पूर्णबहादुरको सारङ्गी’ टिमकाच तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको