‘सामाजिक सञ्जाल प्रयोगमा नियमन आवश्यक’ « Khabarhub

‘सामाजिक सञ्जाल प्रयोगमा नियमन आवश्यक’


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद कृष्णबहादुर रोकायाले मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना भए पनि गति लिन नसकेकाले यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा ध्यानाकर्षण गराए।

सांसद घनश्याम रिजालले दोलखाको लामाबगर फलाक नाकाले आयात र निर्यात तथा पर्यटनको माध्यमबाट लाभ लिन सक्ने उल्लेख गर्दै सञ्चालनमा ल्याउन माग गरे। सांसद पूजा चौधरीले सुशान्त वली र प्रिसा साहको मृत्युप्रति समवेदना व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताइन्।

सांसद रुक्मणी कोइरालाले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगका घटना बढेकाले नियमन हुन आवश्यक रहेको बताइन्। सांसद रेणु चन्दले अछामको जयगढ बजार र साँफेबगरको हाटबजारमा भएको आगलागीले जनधनको क्षति पुगेकाले अस्थायी आवास र बजार पुनःस्थापन गर्न माग गरिन्।

सांसद विष्णुकुमारी सापकोटाले बर्खायाम सुरु हुन लाग्दा सडक निर्माण चाँडो हुनुपर्नेमा जोड दिइन् । सांसद विष्णुदेवी पुडासैनीले बालविवाहका घटना हुन नदिन काम गर्नुपर्छ भनिन्। सांसद विष्णुबहादुर विश्वकर्माले काठमाडौँको तीनकुने घटनाको छानबिनको माग गरे। सांसद श्रीकृष्णप्रसाद अधिकारीले लेखा समितिमा परेका उजुरी अलपत्रमा परेको उल्लेख गर्दै आर्थिक अनियमितता रोक्न सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।

सांसद सावित्री मल्लले दैलेखमा प्राकृतिक विपद्बाट क्षति पुगेको र विपद् न्यूनीकरणका लागि उपाय खोज्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ५८ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा