सांसद सुवालले भने– गभर्नरका लागि १ अर्ब तोकियो, ४० करोड पेश्की बुझाइयो | Khabarhub Khabarhub

सांसद सुवालले भने– गभर्नरका लागि १ अर्ब तोकियो, ४० करोड पेश्की बुझाइयो


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल राष्ट्र बैङ्कको गभर्नरका लागि १ अर्ब रुपैयाँ तोकिएको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । एक महिनाअघि नै नियुक्त भइसक्ने गभर्नरको अझै पनि टुंगो नभएको अवस्थामा सांसद सुवालले प्रतिनिधिसभाको बैठकमै यस्तो प्रश्न उठाएका हुन् ।

सुवालले गभर्नरका लागि ४० करोड रुपैयाँ पेश्की बुझाइसकेको तथ्य आएको पनि बताएका छन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम संशोधनको प्रस्ताव पेश गर्दै सांसद सुवालले यसमा क-कसले लेनदेन गरेका हुन् ? भनेर प्रश्न उठाएका छन् ।

‘एक पूर्वगर्भनरका अनुसार राष्ट्र बैङ्‍कको गभर्नरका लागि एक अर्ब रुपैयाँ तोकिएको र ४० करोड रुपैयाँ पेश्की बुझाइएको सार्वजनिक भयो । यसमा लेनदेन गर्ने को को हुन् ?’, उनले भने ।

सांसद सुवालले नेपाल विद्युत् प्राधिकरण घाटामा गएको हो भने यसको जवाफदेही प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित मन्त्री हुनुपर्ने बताएका छन् । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर नियुक्त गरिएका हितेन्द्रदेव शाक्यले ५ अर्ब बढी घाटा देखाएपछि सुवालले यस्तो प्रश्न गरेका हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ५४ बजे

लाङ्दी पहिरो : दम्पतीको शव भेटियो

पर्वत– मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको

अवरुद्ध मध्यपहाडी लोकमार्ग पुनः सञ्चालनमा

कमलामाई– पहिरोका कारण अवरुद्ध सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३, बसेरीस्थित मध्यपहाडी लोकमार्गमा

मुकुललाई हटाएको विवरण अद्यावधिक नभएपछि रास्वपा महामन्त्री बुर्लाकोटी आयोगमा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट हटाइएका मुकुल ढकालको विवरण

दुग्ध उत्पादक किसानलाई २८ लाख रुपैयाँ अनुदान

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब

अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा बाख्रा र मौरीको घार

गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा उन्नत