मुलुकलाई समृद्धिको बाटोमा लाने नीति आएनः सांसद भुसाल « Khabarhub

मुलुकलाई समृद्धिको बाटोमा लाने नीति आएनः सांसद भुसाल


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सांसद डा. बेदुराम भुसालले नीति तथा कार्यक्रमले जनताको आकांक्षा पूरा गर्न नसक्ने बताएका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले युवाहरू मुलुकमा रोजगारी पाउन नसकेका कारण विदेश पलायन भइरहेको बताए । उनले यस्तो अवस्थामा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर रोजगारी वृद्धि गर्ने कुरा नीतिमा स्पष्ट नभएको आरोप लगाए ।

‘उत्पादन बढाउने भनिएको छ । तर उत्पादन बढाउने कुरा नीतिमा स्पष्ट भएन’, उनले भने, ‘अहिलेको आवश्यकतालाई सम्बोधन गरेर मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउने किमिसको नीति नै आएन ।’

नीति तथा कार्यक्रमबाट ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा कार्यन्वयन गर्ने भनिए पनि विश्वास गर्ने आधार नभएको सांसद भुसालको भनाइ थियो ।

‘सोह्रौं योजनाको लक्ष्य नीति तथा कार्यक्रममा प्रवेश नै गरेको छैन’, उनले भने, ‘खानी र खनिजजन्य पदार्थ उपभोग गर्न ध्यान पुग्न सकेको छैन । कसरी गर्ने भनेर नीति तथा कार्यक्रममा समावेश छैन । अन्य आर्थिक सुधारका लागि नीति तथा कार्यक्रमको अग्रसरता देखिएन ।’

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ५४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल