सेती नदीमा बेपत्ता युवकको शव निकालियो « Khabarhub

सेती नदीमा बेपत्ता युवकको शव निकालियो


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका मझेरीपाटनमा बसोबास गर्दै आएका १८ वर्षीय युवराज बिक सोमबार दिउँसो करिब २ बजे पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको नेतृत्वमा खटिएको गोताखोर टोलीले घटनास्थलको करिब १८ फिट गहिराइबाट करिब डेढ घन्टापछि शव निकाल्न सफल भएको हो ।

सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गोताखोर टोलीको सक्रियतामा मृतकको शव उद्धार गरिएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : २२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल