भरतपुर अस्पतालमा मुटु र जलन उपचार सुरु « Khabarhub

भरतपुर अस्पतालमा मुटु र जलन उपचार सुरु


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्‌घाटन गरेका हुन्  । जिम्मेवारी सम्हाल्नासाथ संघीय राजधानी केन्द्रीत विशिष्टीकृत उपचार प्रदेशस्तरसम्म पुर्याउने घोषणा गरेका मन्त्री पौडेलले क्यान्सरको विस्तारित उपचार, मानव अङ्ग प्रत्यारोपणसँगै मुटु उपचार विस्तार गरेका हुन् ।

सेवा उद्‌घाटन गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको भन्दै भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास व्यक्त गरे । ‘विशिष्ट उपचार क्रमैसँग प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको छ,’ उनले भने ।

अस्पतालमा निर्मित जलन वार्डको समेत मन्त्री पौडेलले उद्‌घाटन गरे । अब भरतपुर अस्पतालमा जलनका बिरामीको समेत उपचार हुने भएको छ । मन्त्री पौडेलले विपन्नलाई जलन उपचार निःशुल्क बनाउँदै प्रदेशस्तरमा सेवा दिने घोषणा गरेका थिए । सोहीअनुसार आइतबार भेरी अस्पतालमा सेवा शुरु भएको छ भने सोमबार भरतपुरमा समेत वार्ड शुरुवात गरिएको हो ।

अब जलनका बिरामीको अस्पतालमा उपचार सहज हुने भएको छ । यसअघि गम्भीर जलनका बिरामीले काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । अब भरतपुर तथा आसपासका पायक पर्ने ठाउँका बिरामीलाई त्यो समस्या हटेको छ । यससँगै संघ सरकार अन्तर्गतको भरतपुर अस्पतालमा सन्तानविहीनका लागि इनफर्टिलिटी क्लिनकसहितका आठ सेवा शुरु भएको छ । 

वैशाख महिनामा सेवा थाल्ने तालिकानुसार अस्पतालमा सेवा सुरुवात भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : २४ बजे

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी