सिरहामा ब्राउनसुगरसहित एक भारतीय पक्राउ « Khabarhub

सिरहामा ब्राउनसुगरसहित एक भारतीय पक्राउ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा पाँच ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई  प्रहरीले  पक्राउ गरेको  छ ।

सिरहा नगरपालिका -१७ खैरटोकाबाट भारत विहारको मधुबनी जिल्ला कमलाबारी ग्राम पञ्चायत ६ का करिब ३५ वर्षीय धर्मेन्द्र यादवलाई पाँच ग्राम ४८० मिलिग्राम ब्राउन सुगरसहित आइतबार राती प्रहरीले पक्राउ गरेको  हो ।

 इलाका प्रहरी कार्यालय माडर र सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म माडरबाट खटीएको संयुक्त टोलीले धमेन्द्र आफैले माडरमा सञ्चलन गरेको अजय होटल तथा मदिरा मसलमा लाग पदार्थको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पसलमा खान तलासी गर्दा खाली बियरको कार्टुनमा लुकाई राखेको अवस्थामा उक्त लागु पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

पक्राउ परेका यादवलाई सम्मानित  जिल्ला अदालत सिरहाबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय  सिरहाले जनाएको  छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : ५१ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन