बामदेवले भने- व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनै पर्छ  « Khabarhub

बामदेवले भने- व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनै पर्छ 


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्य बामदेव गौतमले मुलुकको अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनै पर्ने बताएका छन् ।  

सोमबार राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा गौतमले फेरि पनि गद्दीमा बस्न खोज्नेहरूले विभिन्न षडयन्त्र गर्न खोजेको भन्दै अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनै पर्ने बताएका हुन् । 

गौतमले अहिले देशमा आन्दोलन नै आन्दोलन भइरहेको अवस्थामा त्यसलाई सामना गर्न प्रकाशज्योतिको कुनै शब्द नीति तथा कार्यक्रममा आफूले नपाएको तर्क गरे । 

उनले चारैतिर भ्रष्टाचार भएकाले विश्वमा नै नेपालको बदनाम हुन पुगेको अवस्थामा भ्रष्टाचारलाई समाप्त गर्ने अभियान नीति तथा कार्यक्रममा आउन नसकेको समेत धारणा राखे ।

उनले संविधानमा उल्लेख समाजवाद भन्दा अन्य व्यवस्थामा जान नसकिने जिकिर गरे । सरकारको नीति तथा कार्यक्रमलाई आफूले आलोचनात्मक समर्थन गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : ४० बजे

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी